• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्रीको मानसिकता : रिजाल



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताउनुभयो । 

सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोईराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठिमा बोल्दै रिजालले ओलीलाई जनताले संसद, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भएपनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति रहेको बताएका हुन् । 

नेता रिजालले संसद विघटन अघि एकै ठाउँमा बसेका मान्छेहरु अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षaमा नेपाली कांग्रेस नलाग्ने पनि स्पष्ट पार्नुभयो ।