५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा ठगी गरेको अभियोगमा पक्राउ



अ+ अ-

झापा । अनलाईनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै विभिन्न बैंकहरुको खाता नम्बर दिएर पैसा ठगी गर्ने गरेको अभियोगमा पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका-९ स्थायी ठेगाना भएका २९ वर्षीय पंकज पौडेली विकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

उनको साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ, १ थान सवारी दर्ता किताब, विनोद काफ्लेको नामको सवारी चालक अनुमतिपत्र, अनिल बस्नेत नामको सवारी चालक अनुमतिपत्रको प्रतिलिपी, पंकज पौडेल नामको नागरिकताको प्रतिलिपी, पंकजको घरबाट नगद २ लाख ८ हजार २ सय र उनको घर पछाडि रहेको गाई ग्वालीको गोवरको थुप्रोभित्र फेला परेको लेडिज झोलाबाट नगद ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ प्रहरीले बरामद गरेको छ । 

महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका-२ चारपानेबाट पंकजलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।