• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

जेलमा रहेका टोपबहादुर रायमाझीलाई मुटुमा समस्या, अस्पताल भर्ना



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या आएपछि बुधबार उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । उनको उपचार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ । अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। चिकित्सकहरुले रायमाझीलाई ४८ घण्टा निगरानीमा राख्नुपर्ने बताएका छन् ।

सुरुमा आकस्मिक कक्षमा राखेर उपचार गरिएकोमा थप उपचारको आवश्यक परेपछि रायमाझीलाई बेडमा भर्ना गरिएको हो । रायमाझीले यसअघि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराउँदै आएका थिए ।