२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलमा रहेका टोपबहादुर रायमाझीलाई मुटुमा समस्या, अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या आएपछि बुधबार उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । उनको उपचार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ । अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। चिकित्सकहरुले रायमाझीलाई ४८ घण्टा निगरानीमा राख्नुपर्ने बताएका छन् ।

सुरुमा आकस्मिक कक्षमा राखेर उपचार गरिएकोमा थप उपचारको आवश्यक परेपछि रायमाझीलाई बेडमा भर्ना गरिएको हो । रायमाझीले यसअघि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराउँदै आएका थिए ।