९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदिरासँगै नसालु पदार्थ खुवाएर रातभर बलात्कार !



अ+ अ-

काठमाडौं । नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन् । बलात्कारका कारण लागेको चोटसँगै किशोरीको अत्यधिक रक्तस्राव भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ । ‘बलात्कारका कराण योनिमा चोट लाग्नुका साथै धेरै रक्तस्राव पनि भएको थियो । अहिले भने अवस्था सामान्य छ,’ एक चिकित्सकले भने ।

घटना बिहीबार रातिको हो । नसालु पदार्थ खुवाएर मोरङ कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटना बाहिरिए पनि प्रहरीले पीडकलाई उन्मुक्ति दिने हिसाबले काम गरेको स्थानीयको गुनासो छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।