२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

पाँच दिनमा बलात्कारका तीन घटना !

पाँच दिनमा बलात्कारका तीन घटना !
अ अ+ अ-

गोरखा । गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन्। माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासका तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो। रौतहट घर भई सहिद लखन गाउँपालिका–८ बस्ने रमन मुखिया माघ २० गते २६ वर्षकी युवतीलाई जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा छानबिन भइरहेको छ। पीडक परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी सुरेन्द्र गुरुङले बताए।

माघ २१ गते गोरखाको एक विद्यालयमा कक्षा १ मा पढ्ने चार वर्षकी बालिका विद्यालयमै बलात्कृत भइन्। बलात्कार आरोप लागेका १३ वर्षका बालक प्रहरीको बाल हिरासतमा छन्। बालिकाको परिवारले २२ गते जाहेरी दिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। माघ २४ गते सहिद लखन गाउँपालिका–७ का २५ वर्षीय युवक १४ वर्षकी बालिकालाई जबर्जस्ती करणी प्रयासको अभियोगमा पक्राउ परेका छन्।

घरमा कोही नभएका बेला युवतीलाई ललाईफकाई बलात्कार प्रयास गरेको भन्दै पीडित परिवारले प्रहरीमा जाहेरी दिएको छ। ‘अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं,’ एसपी गुरुङले भने।  

यी घटनाअघि पनि माघ ८ गते गोरखा नगरपालिका–६ मा बस्ने २२ वर्षकी युवतीलाई ३० वर्षका पुरुषले बलात्कार गरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गरेको छ। घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसरी गोरखामा माघमा मात्रै बलात्कार र प्रयासका चारवटा घटना भएका छन्। नागरिक दैनिकमा नरहरि सापकोटाले लेखेका छन् ।