१८ श्रावण २०८३, सोमबार
,
Latest
बसको ठक्करपछि कार सुनकोशी नदीमा खस्यो, उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामाथि प्रचार प्रमुखको प्रश्न धनगढीमा ‘पेपरलेस धनगढी’ सेवा सुरु, घरबाटै स्थानीय तहका सेवा लिन सकिने नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिजन मिडिया राष्ट्रिय समाजसेवा सम्मान प्रदान



अ+ अ-

काठमाडौँ: सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी २३ व्यक्ति र संस्थालाई आज ११ औँ राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड) प्रदान गरेको छ ।

उहाँहरुलाई आज आयोजित कार्यक्रमबीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना र प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सम्मान प्रदान गर्नुभयो ।

राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित हुनेमा एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार केन्द्र ९सिविन०, मुटुरोग विशेषज्ञ डा कमल शर्मा लम्साल, रक्षा नेपालका संस्थापक मेनुका थापा, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक नारायणकुमार श्रेष्ठ, मानव बेचबिखनविरुद्धका अभियानकर्मी इन्द्रराज भट्टराई, टोपबहादुर मल्ल, संरक्षण अभियन्ता बल्लु गुप्ता, समाजसेवीहरु प्रेमकुमार खत्री, सरु सुवेदी, दिनेश उप्रेती, हिमालयन एनिमल ट्रष्टका संस्थापक खगेश्वर शर्मा भट्टराई, डोल्पाली चिकित्सक डा अखण्ड उपाध्याय, व्यावसायिक कृषक यादव ढकाल, सूर्यविनायक नगर अस्पताल, चिकित्सक डा मनिषा कार्की हुनुहुन्छ ।

यस्तै विशेष समाजसेवा सम्मानबाट सम्मानित हुनेमा ललितपुरका समाजसेवी सुलोचना शाक्य, लायन्स इन्टरनेसनलका सेकेण्ड सेञ्चुरी एम्बेसडर अनन्तप्रसाद भेटुवाल, समाजसेवी तथा व्यवसायी लायन मानबहादुर रोका, राष्ट्रिय समाचार समिति (रासस) का शिक्षा पत्रकार प्रकाश सिलवाल, किवानिज क्लब नेपालका डिस्ट्रिक्ट डिभिजन–३ एलटी गभर्नर (इलेक्ट) प्रमिला लामिछाने, मकवानपुरको थाहा इन्भेस्टमेन्ट ग्रुप र काठमाडौँको बागमती सफाइ महाभियानका प्रतिनिधि हुनुहुन्छ ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत समाज सेवामा ती व्यक्ति र संस्थाले आफ्ना विषयमा दिएको रुपान्तरणकारी योगदानका लागि ती सम्मान दिइएको जानकारी दिनुभयो ।

सोही समारोहमा आयोजित ‘मिस इकलेज २०२४’ को विजेता घोषणा गरियो । अन्तिम प्रतिस्पर्धामा रहेका १६ प्रगियोगीमध्ये निर्णायक मण्डलको निर्णयअनुसार आर्जु पौडेलले उक्त ताज पहिरिन सफल हुनुभएको हो । पौडेललाई एक ल्यापटप र रु ३५ हजार राशिको पुरस्कार दिइयो । यस्तै प्रतियोगितामा फष्ट रनर अप रसिला थापा, सेकेण्ड रनर अप स्वस्तिका बज्राचार्य, थर्ड रनर अप बेनिसा बज्राचार्य हुनुभएको थियो । रासस