१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको आधार प्रमाण देखिएन: प्रहरी महानिरिक्षक कुँवर

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको आधार प्रमाण देखिएन: प्रहरी महानिरिक्षक कुँवर
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका महानिरिक्षक वसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताउनुभएको छ ।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरिक्षक कुँवरले पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार, प्रमाण नरहेको बताउनुभएको हो । उहाँले गृहमन्त्री लामिछानेको सम्बन्धमा ठाडो उजुरी आएको र अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताउनु भयो । उहाँले जिबि राईको सम्बन्धमा नेपाल प्रहरी संवेदनशील रहेको र सोही अनुरुप पक्राउ गर्ने प्रक्रियामा लागेको बताउनु भयो । राई मलेसियामा भएपनि नेपाल र मलेसियाका बीचमा सुपुर्दगी सन्धी नभएका कारण नेपाल पठाउन मलेसिया सरकार बाध्य नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जिबी राईको इस्युमा हामी संवेदनशील छौँ । यो इस्युको मेन जड त्यही हो भन्ने हामीलाई लाग्छ । हामीले डिफ्युजन नोटिस जारी गर्‍यौँ । रेड कर्नर नोटिश जारी गर्‍यौँ । सम्बन्धित पक्ष मलेसियामा छ नै भन्छौँ । मलेसियामा सुपुदर्गी सन्धी छैन । हामीले आग्रह पत्र पठाएका भएपनि मलेसियन सरकार बाध्य भएको छैन । इन्टरपोलले फिर्ता पठाउन सक्दैन । अझैपनि हामी मेरो तहबाट काम गर्दैछौँ । सहकारीको विषयमा ठाडो उजुरी आयो । अनुसन्धान गर्दाखरी तथ्य प्रमाण भेटिदैन, रवि लामिछानेमा अहिलेसम्मको तथ्य, प्रमाणमा कुनैपनि आधार देखिँदैन ।’

महानिरिक्षक कुँवरले प्रहरीले पक्राउ गरी बयान गराउँदा सांसद विनोद चौधरीको व्यक्तिगत स्वतन्त्रतामा अतिक्रमण हुने ठानेर प्रहरी अतिरिक्त सचेत बन्दै संसदलाई पत्र पठाएको स्पष्ट पार्नुभयो । उहाँले चौधरीमाथि किर्ते प्रकरणमा अनुसन्धान जारी रहेको र सो अनुसन्धान एक वर्षसम्म चल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले स्वभाविक रुपमा यसमा सहजीकरण गरेकै हो । एकदिनमा बयान सकिन्छ भने पक्राउ पुर्जी जारी नगरौँ । तर सरकारी वकिल कार्यालयमै राखेर, सरकारी वकिलकै रोहबरमा बयान चाहीँ गरौँ भन्ने भइसकेपछि , बयान गर्दाखेरी केही समय त उहाँको व्यक्तिगत स्वतन्त्रताको अतिक्रमण भयो नि । त्यो कारणले हामी अतिरिक्त सचेत बनेर, संवेदनशील बनेर संसदलाई जानकारी गराएका हौँ । पक्राउ भएको अवस्थामा पनि हामीले जानकारी गराउने कुरा मात्रै हो । संसद सचिवालयबाट यसो गर, उसो गर भनेर दोहोरो लेखापढी हुँदैन प्रक्रिया यही हो । किर्तेमा अहिले पनि अनुसन्धान जारी छ । यो एक वर्षसम्म अनुसन्धान जारी हुन्छ ।’

महानिरिक्षक कुँवरले पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा नसघाउने देखेर पक्राउ गर्नुपरेको बताउनु भयो । महराले गाडी र पिएसओ समेत छोडेर हिँडेपछि पक्राउ गर्नुपरेको बताउनु भयो । महराको स्वास्थ्य अवस्थाका कारण रिहाइ गरिएको भन्दै उहाँले कुनै दबाब र प्रभावमा नगरिउको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आयोगको प्रतिवेदन कार्यान्वय गर्ने शिलशिलामा हामी संवेदनशील बन्यौँ । कानूनी दायरामा ल्याउनुपर्छ भन्ने हिसावले गयौँ । उहाँको स्वास्थ्य अवस्थादेखि सबै कारणले हामी लिबरल नै हुने भनेका थियौँ । तर यहाँ मैले त्यो शब्द प्रयोग गर्दिनँ । हामीलाई आभाष भयो । आभाष नभएको कारणले कमसेकम हामीलाई सहयोग नगर्ने हो कि, त्यो अवस्था हुने हो कि ? अहिलेको अवस्थामा यदी सहयोग गर्न सकिने अवस्था भएन भने हामीलाई समस्या आउँछ भन्ने हिसावले हामीले त्यो अवस्थामा ल्याएका हौँ । त्यतिबेला उहाँले पिएसओ र गाडी छोडेर हिड्नुभएको छ । अब यो सम्मको संकेत गरिसकेपछि यहाँहरुले अनुमाग गर्न सकिन्छ । पछि छोड्ने विषयको कुरा, पहिले धेरै अनुसन्धान भइसकेका विषय थिए । थप कुराहरु आयोगले औँल्याएका कुराहरुलाई स्पष्ट गर्ने कुरा थिए । त्यसलाई हामीले स्पष्ट गर्‍यौँ । अदालतले पनि उहाँको स्वास्थ्य अवस्था हेरेर अस्पतालमै राखेर मुद्दाको कारबाही अगाडी बढाउनु भनेको कारण र पछिल्लो अवस्थामा हाम्रो हिरासतमा बस्दाबस्दै अरु घटना हुनसक्ला भन्ने हिसावले पनि हामीले तारिखमा राखेर अनुसन्धान गर्ने भन्यौँ । यसमा कुनै दबाब, प्रभाव, यसो र उसो भन्ने हुँदै होइन ।’

महानिरिक्षक कुँवरले जीवन चलाउनेले प्रहरीमाथि लगाएको आरोपहरुको सन्दर्भमा सम्बन्धित व्यक्ति पक्राउ नहुँदासम्म सो कुरालाई तथ्यको रुपमा लिन नसकिने बताउनु भयो ।