• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन

अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ



काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ परेकी छिन् ।

उनलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो । काठमाडौँको बालाजु क्षेत्रबाट धनगढी घर भएकी बमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बमविरुद्ध आपराधिक लाभलगायत चोरीको समेत मुद्दा दायर भएको थियो ।

बमलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउन लागिएको बताइएको छ ।

बमविरुद्ध आपराधिक लाभ लिएको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।