• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   हेलमेटको ग्रिलले बचायो आँखा ★   प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन – तस्बिरहरु ★   प्राकृतिक विपत्तिबाट बच्न एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्छ: योगेश भट्टराई ★   ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना ★   राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै ★   सडक बनेको १८ वर्षपछि स्तरोन्नति ★   सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ ★   कांग्रेसका नेताहरूमाथि गृहमन्त्रीले लगाएको आरोपमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: कांग्रेस ★   म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा ★   पृथ्वीराजमार्गमा सवारी दुर्घटना: घाइते २० मध्ये पाँचजना गम्भीर

आईपीएलमा आज हैदराबाद र मुम्बई भिड्दै, दुबै टोली पहिलो जितको खोजीमा



एजेन्सी । इन्डियन प्रिमियर लिग–२०२४ को आठौं खेलमा आज सनराइजर्स हैदरावाद (एसआरएच) ले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई) को सामना गर्दैछ ।

खेल बेलुका ७ः४५ बजेदेखि हैदरावादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

जारी सिजनमा दुवै टोलीको यो दोस्रो खेल हुनेछ । दुवैले ओपनिङ खेलमा हार बेहोरेका थिए । हैदराबाद कोलकाता नाइट राइडर्स र मुम्बई गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

आर्र्इपीएलमा हैदरावाद र मुम्बईबीच हालसम्म २१ खेल खेलिएका छन् । हैदरावादले ९ र मुम्बईले १२ खेल जितेका छन् । हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा दुवै टोलीको कीर्तिमान बराबर छ । यहाँ एसआरएच र एमआईबीच हालसम्म ८ वटा खेल भएका छन् । हैदरावादले ४ र मुम्बईले त्यति नै खेल जितेको छ ।

हैदरावाद क्रिकेट स्टेडियम आफ्नो समतल विकेटका लागि परिचित छ । यहाँको पिच ब्याटिङमैत्री छ । यहाँ उच्च स्कोरिङ खेलहरू देखिएका छन् । बलरहरूलाई पनि यहाँ मद्दत मिल्छ ।

यस रंगशालामा हालसम्म ७१ आईपीएल खेल भइसकेका छन्, जसमध्ये ३१ खेल पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले जितेको छ भने ४० खेल चेज गरेको टोलीले जितेको छ ।

आज हैदरावादको मौसम धेरै तातो हुनेछ । यहाँको तापक्रम २४ देखि ३८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । पानी पर्ने सम्भावना कत्ति पनि छैन ।