२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

आर्थिक सहयोगको प्रतीक्षामा झापाका पाँच सय हात्तीपीडित

आर्थिक सहयोगको प्रतीक्षामा झापाका पाँच सय हात्तीपीडित
अ अ+ अ-

बनियानी, (झापा) । झापामा जङ्गली हात्तीको आक्रमणमा क्षति व्यहोरेका हात्तीपीडितले सहयोग नपाएको गुनासो गरेका छन् । यद्यपि डिभिजन वन कार्यालयले उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ ।

चालु आर्थिक वर्षको साउनयता क्षति व्यहोरेका पाँच सय ३३ परिवारले राहत नपाएका हुन् । पाँचजना मृतक परिवारसहित पाँच सय ३३ घरपरिवारका लागि रु एक रोड २६ लाख ४९ हजार तीन सय ९२ राहत रकम उपलब्ध गराउन धरानस्थित वन निर्देशनालयसँग माग गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अर्चना पुरीले बताउनुभयो ।

कार्यालयले पहिलो चरणमा तीन सय २१ र दोस्रो चरणमा दुई सय १२ परिवारका लागि राहत रकम माग गरेको उहाँले बताउनुभयो । हालसम्म राहत रकम प्राप्त भएको छैन । “राहत रकमका विषयमा फोन आइरहन्छ”, उहाँले भन्नुभयो, “पीडितलाई चाँडै आउँछ भन्दै आश्वासन दिइरहेका छौँ ।”

गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई रु ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरिएको थियो भने गत माघ २९ गते थप दुई सय १२ जनाका लागि रु ६८ लाख २० हजार चार सय ५२ माग गरिएको थियो । राहत माग गरिएकामा पाँचजना मृतकको रु ५० लाख, सातजना घाइतेका लागि रु आठ लाख ५१ हजार आठ सय ९२, चौपाया एक बराबर रु १० हजार, विभिन्न घरगोठमा पुर्याएको क्षतिको पूर्तिका लागि रु २५ लाख ४९ हजार सात सय, भण्डारण गरिएको अन्न क्षति बराबर रु छ लाख ८९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर रु ३५ लाख ४८ हजार दुई सय रहेको डिभिजन वन कार्यालयले जनाएको छ । रासस