१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा एमालेका सुहाङलाई माओवादीले सघाउने !



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै छ । बैठकले आगामी वैशाख १५ गते इलाम–२ र बझाङ १ (१)को निर्वाचनको उम्मेदवारीबारे निर्णय गर्ने छ ।

सचिवालयले बैठकले दुई क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने कि आफ्नै उम्मेदवार उठाउने भन्ने निर्णय गर्ने छ ।

उम्मेदवारीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच यसअघि छलफल भइसकेको छ । त्यस क्रममा इलाम–२ मा सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई सघाउन माओवादी लचक देखिएको छ ।

एमालेका नेताहरुले इलाम–२ मा माओवादीभन्दा एमाले बलियो भएकाले सुहाङलाई नै समर्थन गर्ने सम्भावना रहेको दाबी गरेका छन् ।

यता सुदूरपश्चिम प्रदेशसभा बझाङ १ (१) मा पनि के गर्ने भन्ने निर्णय माओवादी केन्द्रले आज निर्णय गर्दैछ । यो क्षेत्रमा एकीकृत समाजवादीले आफ्नो उम्मेदवारलाई समर्थन गर्नुपर्ने अडान राखेको छ । आफ्नो उम्मेदवारलाई समर्थन नगरे इलाममा आफ्नो उम्मेदवार उठाउने चेतावनी समाजवादीले दिएको छ ।