२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

गृहमन्त्री रविलाई राज्य व्यवस्था समितिले आज किन बोलायो ?

गृहमन्त्री रविलाई राज्य व्यवस्था समितिले आज किन बोलायो ?
अ अ+ अ-

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । गृह मन्त्रालयले पछिल्लो समय गरेका कामकारबाहीबारे जानकारी लिन समितिले गृहमन्त्री लामिछानेलाई बोलाएको छ ।

राज्य व्यवस्था समितिको आज ११ बजे बैठक बस्दैछ । बैठकमा गृहमन्त्रीसँग मन्त्रालयका कारबाहीबारे जानकारी लिने तयारी छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा गृहमन्त्रीका कामप्रति रुष्ट छन् । उनले गृहमन्त्रीले जथाभावी आदेश दिएर नागरिकलाई पक्राउ गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

विशेष गरी कांग्रेसका सांसदसमेत रहेका उद्योगी विनोद चौधरी र उनका भाइ अरुण चौधरीमाथि छानबिन भइरहेकोमा खतिवडा रुष्ट देखिएका हुन् । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनधिकृत रुपमा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विनोद चौधरी र अरुण चौधरीमाथि छानबिन गरिरहेको छ ।

त्यसैगरी गृहमन्त्री लामिछानेले कांग्रेसका केही नेताहरुमाथि अनियमिताको आशंकामा सीआईबीमार्फत् छानबिन गराइरहेका छन् । गृहमन्त्रीविरुद्ध कांग्रेसले संसद्मा आवाज उठाइरहे पनि सुनुवाइ भएको छैन । यही बेला राव्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलाएर उनको कामका बारेमा समीक्षा गर्न लागेको हो ।

राज्य व्यवस्था समितिमा सहकारी पीडितहरुले उजुरी दिएका छन् । आजको बैठकमा समितिका सभापति खतिवडाले त्यसबारे पनि गृहमन्त्रीको धारणा माग्ने तयारी गरेका छन् ।

गृहमन्त्री लामिछानले पनि राज्य व्यवस्था समितिले बोलाएको बैठकमा सहभागी हुने र आफ्ना कुरा स्पष्टसँग राख्ने तयारी गरेका छन् ।