२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री रविलाई राज्य व्यवस्था समितिले आज किन बोलायो ?



अ+ अ-

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । गृह मन्त्रालयले पछिल्लो समय गरेका कामकारबाहीबारे जानकारी लिन समितिले गृहमन्त्री लामिछानेलाई बोलाएको छ ।

राज्य व्यवस्था समितिको आज ११ बजे बैठक बस्दैछ । बैठकमा गृहमन्त्रीसँग मन्त्रालयका कारबाहीबारे जानकारी लिने तयारी छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा गृहमन्त्रीका कामप्रति रुष्ट छन् । उनले गृहमन्त्रीले जथाभावी आदेश दिएर नागरिकलाई पक्राउ गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

विशेष गरी कांग्रेसका सांसदसमेत रहेका उद्योगी विनोद चौधरी र उनका भाइ अरुण चौधरीमाथि छानबिन भइरहेकोमा खतिवडा रुष्ट देखिएका हुन् । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनधिकृत रुपमा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विनोद चौधरी र अरुण चौधरीमाथि छानबिन गरिरहेको छ ।

त्यसैगरी गृहमन्त्री लामिछानेले कांग्रेसका केही नेताहरुमाथि अनियमिताको आशंकामा सीआईबीमार्फत् छानबिन गराइरहेका छन् । गृहमन्त्रीविरुद्ध कांग्रेसले संसद्मा आवाज उठाइरहे पनि सुनुवाइ भएको छैन । यही बेला राव्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलाएर उनको कामका बारेमा समीक्षा गर्न लागेको हो ।

राज्य व्यवस्था समितिमा सहकारी पीडितहरुले उजुरी दिएका छन् । आजको बैठकमा समितिका सभापति खतिवडाले त्यसबारे पनि गृहमन्त्रीको धारणा माग्ने तयारी गरेका छन् ।

गृहमन्त्री लामिछानले पनि राज्य व्यवस्था समितिले बोलाएको बैठकमा सहभागी हुने र आफ्ना कुरा स्पष्टसँग राख्ने तयारी गरेका छन् ।