२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केजरीवाललाई हिरासतमा रहँदा मुख्यमन्त्रीको कर्तव्य निर्वाह नगर्न माग गर्दै सार्वजनिक सरोकारको मुद्दा दायर



अ+ अ-

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहँदा पदीय हैसियतले कुनै पनि आदेश जारी गर्नबाट रोक्न दिल्ली उच्च अदालतमा सार्वजनिक सरोकारको मुद्दा दायर भएको छ ।

मुद्दामा केजरीवालाई हिरासतमा रहँदा टाइपिस्ट, कम्यूटर, प्रिन्टर आदि प्रदान नगर्नका साथै उहाँले जारी गरेका आदेश कसरी दिल्लीका मन्त्री आतिशी कहाँ पुग्यो भन्ने कुराको अनुसन्धानका लागि इडीलाई निर्देशन दिन निवेदन गरिएको छ ।

निवेदक सुरजित सिंह यादवले अधिवक्ताद्वय शशि रञ्जन कुमार सिंह र महेश कुमारमार्फत अरविन्द केजरीवालले हिरासतमा रही मुख्यमन्त्रीको हैसियतले निर्देशन र आदेशहरू जारी गर्दा भारतको संविधानको तेस्रो अनुसूचीअन्तर्गत गोपनीयताको शपथको उल्लङ्गन हुने दाबी गर्नुभएको छ ।

निवेदक सिंहले हालै दिल्ली उच्च अदालतमा केजरीवाललाई मुख्यमन्त्रीको पदबाट हटाउन माग गर्दै सार्वजनिक हितको मुद्दा दायर गर्नुभएको थियो । उहाँको उक्त मागलाई दिल्ली उच्च अदालतले अस्वीकार गर्यो र जबरजस्ती कारबाहीको मुद्दा भन्दै गिरफ्तारीअघि आन्तरिम सुरक्षा प्रदान गरेको थियो ।

निवेदनमा भनिएअनुसार इडीको गिरफ्तारीपश्चात पनि मुख्यमन्त्रीका रूपमा केजरीवालको निरन्तरताले आम जनताका सामु राष्ट्रिय राजधानी क्षेत्र (एनसिटी)दिल्ली सरकारको विश्वसनीयता र छविलाई धमिल्याएको छ ।

दिल्लीको एनसिटी सरकारको मुख्यमन्त्रीका रूपमा केजरीवालको निरन्तरताले कानूनको उचित प्रक्रियालाई अवरुद्ध गर्ने र न्यायको मार्गमा बाधा पुर्याउने मात्र नभई राज्यको संवैधानिक संयन्त्रलाई पनि विघटनमा पुर्याउने व्यहोरा अदालतमा निवेदन गरिएको छ ।




भर्खरै