१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि दक्षिण कोरिया राजदूत पार्क ताइयोङको भेट



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि दक्षिण कोरिया राजदूत पार्क ताइयोङले भेट गर्नुभएको छ ।

मंगलबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा नेपाल र दक्षिण कोरियाको दौत्य सम्बन्धको ५०औं वर्षगाँठको उपलक्ष्यमा शुभकामना अदान–प्रदान। र, राजदूत ताइयोङले गृहमन्त्रीलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा राजदूत ताइयोङले रोजगारी अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा नेपाली कामदारको संख्या बढाउँदै लैजाने, दक्षिण कोरियामा कार्यरत कामदारलाई सीपसहित स्वरोजगारतर्फ अभिप्रेरित गर्ने र साना उद्यमको विकासमार्फत नेपाल फर्किएकालाई रोजगारी सिर्जनामा केन्द्रित गराउने प्रयास भइरहेको जानकारी दिनुभयो। नेपालमा कोरियाबाट प्रत्यक्ष वैदेशिक लगानी र सहायतामा भित्र्याउन पनि जोड दिइएको बताउनुभयो ।

भेटमा दक्षिण कोरियामा काम गर्ने श्रमिक र श्रमिकको परिवारको तर्फबाट समानजनक काम गर्न अवसर दिएकोमा गृहमन्त्रीबाट धन्यवाद व्यक्त गर्दै कृषि, उद्योग, पर्यटन, सीप विकास, प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा दक्षिण कोरियाको ठूलो सहयोग र सहकार्य रहने अपेक्षा व्यक्त गर्नुभयो ।

यस्तै गृहमन्त्री लामिछानेले दक्षिण कोरियाको भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनुकरणीय रहेकाले विश्वले नै अनुशरण गर्न सकिने भन्दै मन्त्री लामिछानेले सुशासन र भ्रष्टाचार अन्त्य नै आफ्नो पार्टी र आफ्नो उद्देश्य रहेको प्रष्ट पार्नुभयो ।

असल मित्र रहेकाले दक्षिण कोरियासँग नेपालको आशा र अपेक्षा पनि धेरै क्षेत्रमा रहेको भन्दै मन्त्री लामिछानेले सहकार्यलाई थप प्रगाढ बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।