१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’को मान्यता

स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’को मान्यता
अ अ+ अ-

काठमाडौँ । काठमाडौँको सानो भर्‍याङ्स्थित स्वास्तिश्री गुरुकुलले ‘आइबी वल्र्ड स्कुल’को मान्यता प्राप्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको भर्चुअल सहभागितामा आज गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’ घोषणा गरिएको हो ।

आइबी (अन्तर्राष्ट्रियस्तर) को मान्यता प्राप्त भएसँगै उक्त स्कुल आजैदेखि ‘स्वस्तिश्री गुरुकुल आइबी वल्र्ड स्कुल’ को नामबाट सञ्चालन भएको छ । यो अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रममा आधारित रहेर विद्यालयलाई दिइने उपाधि हो । नेपालमा योसँगै चारवटा विद्यालयले मात्र उक्त मान्यता पाएका जनाइएको छ । यहाँ आज भएको घोषणा कार्यक्रममा छोटो समयमै उक्त मान्यता प्राप्त गर्ने र काठमाडौँ जिल्लाको पनि पहिलो विद्यालय भएको दाबी गरिएको छ ।

समारोहमा स्वस्तिश्री नेपाली भाव र संस्कृति तथा अन्तर्राष्ट्रियस्तरको शिक्षाको सम्मिश्रणबाट विश्वस्तरीय गुणस्तरयुक्त शिक्षा नेपालमा नै प्रदान गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना भएको जानकारी गराइएको थियो । विसं २०७६ मा स्थापना भएको गुरुकुलले पहिलो वर्ष मन्टेश्वरी, दोस्रो वर्ष एकैसाथ शून्य विद्यार्थीबाट कक्षा १० सम्म स्कुल सञ्चालन गरेकामा चालु शैक्षिकसत्र अर्थात् तेस्रो वर्षदेखि ११ सम्मको कक्षा सञ्चालन गर्दै आएको छ ।

विश्वस्तरीय भौतिक पूर्वाधारसहितको नवनिर्मित भवनमा आधुनिक शैक्षिक प्रणाली र विद्यार्थीको रुचिअनुसारको गुणस्तरयुक्त तथा विद्यार्थीमैत्री पठनपाठन हुँदै आएको, कक्षा कोठा, पठन पद्धति, विद्यार्थीको सिकाइ, भौतिक पूर्वाधारलगायतका आधारमा झन्डै डेढ वर्षको अध्ययन अनुसन्धानपछि मात्रै गुरुकुलले विश्वस्तरको मान्यता प्राप्त गरेको विद्यालयले जनाएको छ । 

विद्यालयमा सञ्चालित आइबी. पिवाइपी. पाठ्यक्रम, फिल्ड वर्क एजुकेसन, लन्डन मन्टेश्वरी शिक्षाका लागि आइई।वाइसी। पाठ्यक्रम, वाटकिन्सन स्कुल, अमेरिकासँग शैक्षिक कार्यक्रमका लागि सहकार्य गर्दै आएको छ । यस्तै एसियाको ‘वेष्ट इमर्जिङ स्कुल अवार्ड २०२०–२०२१’ प्राप्त गर्न सफल स्वस्तिश्री गुरुकुलले स्वस्तिश्री स्पोर्ट एकाडेमी (एसएसए) स्थापना गरी फुटबल, फुटसल, पौडी, बास्केटबल, तेक्वान्दो, स्केटिङ, टेबलटेनिसलगायत खेलकुदका तालिम अन्य विद्यालयका इच्छुक विद्यार्थीका लागि प्रदान गर्दै आइरहेको गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले जानकारी दिनुभयो । 

उक्त स्कुल स्वस्तिश्री, इन्टरनेसनल स्कुल एसोसिएसन (आइएसए)को नेपालको एकमात्र सदस्य विद्यालय र इन्टरनेसनल स्कुल स्पोर्टस् फेडेरेशन (आइएकएफ)को नेपालको एकमात्र पूर्ण सदस्यता प्राप्त विद्यालय हो । 

राज्यमन्त्री श्रेष्ठले उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागी हुँदै परिवर्तित समय र आवश्यकता अनुसारको शिक्षा दिनका लागि स्वस्तिश्रीले गरेको लगानीको प्रशंसा गर्नुभयो । संसारमा चलेको कार्यक्रम आइबी मान्यता प्राप्त स्कुलबाट उत्पादित विद्यार्थीलाई विश्वका उत्कृष्ट विश्वविद्यालयले सजिलै लिने उल्लेख गर्दै श्रेष्ठले यसको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गुरुकुलका अध्यक्ष चित्रकारले भौतिक संरचनाले मात्रै होइन स्कुललाई शैक्षिक एवं प्राज्ञिक रुपमा समेत उत्कृष्ट बनाउने सोच रहेको बताउनुभयो । स्कुलका प्रिन्सिपल डा हिमलाल घिमिरेले मुलुकका चार विद्यालयमध्ये छोटो समयमा र काठमाडौँमै पहिलो आइवी मान्यता प्राप्त गर्न सफल भएको बताउनुभयो । ब्राइट फ्युचर स्कुलका संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले स्कुलका विद्यार्थीले युरोपलगायत बाह्य मुलुकमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको जानकारी गराउनुभयो ।
 
स्कुलका आइभी संयोजक मक्सुद आलमले छोटो समयमा आइबी प्राप्त गर्ने नेपालकै पहिलो स्कुल बन्न सफल भएको बताउनुभयो । स्कुलका एकेडेमिक निर्देशक प्रवीन मोक्तानले स्कुलको सफलताले अझै गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । समारोहमा स्वस्तिश्री गुरुकुलका प्रबन्ध निर्देशक मीना महर्जन चित्रकारलाई एलआरआई स्कुल कलङ्कीका संस्थापक अध्यक्ष शिवराज पन्तले आइवी वल्र्ड स्कुलको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसअघि स्कुल प्राङ्गणमा आइवी वल्र्डको झण्डोत्तोलनका साथै लोगोको उद्घाटन गरिएको थियो । (रासस)