६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्वारा युरोपेली सहयोगीहरूसँग रुसी प्रस्तावको प्रतिक्रियाबारे छलफल



अ+ अ-

एजेन्सी । अमेरिकी उप-विदेशमन्त्री वेन्डी शर्मन र फ्रान्स, जर्मनी, इटाली र बेलायतका कूटनीतिज्ञहरूले टिलिफोन वार्ता क्रममा सुरक्षा ग्यारेन्टी र नर्मन्डी ढाँचा बैठकमा रूसको प्रस्तावहरूको लिखित प्रतिक्रियाहरूबारे छलफल गरेका छन्। 

विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले शुक्रबार बताएअनुसार सहभागीहरूले रूसलाई अमेरिका र नाटोको लिखित प्रतिक्रियाहरू, जनवरी २६मा पेरिसमा भएको नर्मन्डी ढाँचाको बैठक र कूटनीतिमा निरन्तर प्रतिबद्धताबारे छलफल गरेका छन् ।

उनीहरूले युक्रेनको सिमानामा रूसको अप्रत्याशित सैन्य निर्माणको सामनामा निरन्तर घनिष्ठ समन्वय र एकताको महत्त्वमा सहमत हुँदै युक्रेनमा थप सैन्य घुसपैठलाई द्रुत, गम्भीर र समन्वित नतिजाहरूको सामना गर्ने कुरा पुनः पुष्टि गरेको पनि बताइएको छ ।