२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीतकार खतिवडाको हिन्दी गीतको कृति ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित



अ+ अ-

गीतकार डा . हेमन्त खतिवडाको हिन्दी गीतको किताब कैसा मन मस्ताना प्यारे प्रकाशित भएको छ । पुस्तकमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकार ले समेटेका छन् । यस कृतिमा दुई शय वटा हिन्दी गीतहरु रहेका छन् ।

गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन्। कृतिका बारेमा गीतकार खतिवडा भन्छन् ( प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीत लाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु । ओम प्रकाशन दिल्ली ले प्रकाशन गरेको यस कृति भारतीय पाठकहरु बिच लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्वात्मक छन् ,शव्दहरू सरल छन् तर ती शव्दहरूले बोक्ने भाव गम्भीर छन् । उनका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् । शव्द शव्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस छन् ।

खतिवडाले विवाहको विषयवस्तुमा पनि केही गीत लेखेका छन । प्रस्तुत पुस्तकमा प्रस्तुत गरिएका गीतहरु मा प्रेमका विविध स्वरुपहरु लाई विभिन्न आयामहरू बाट ब्याख्या गरिएको छ । गीत संग्रह रोमान्टिक गीतहरु को दस्तावेज नै बन्न पुगेको र गेयात्मक र लयात्मकता ले कृतिको ओज बढेको खतिवडाले जानकारुी दिनुभयो । दुई शय पृष्ठ रहेको किताबको मूल्य भारु.२०० रहेको छ ।