• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस् ★   बिहान खाली पेटमा यी फलफुल खानुहोस् ★   तौल घटाउन बिहान खाली पेटमा कागती पानी पिउनुहुन्छ भने सावधान ! ★   आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै ★   म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो

अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन: विमानस्थलमा अमर्यादित र अभद्र व्यवहार नगर्नू



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दु:ख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

अध्यागमन विभागको अबलोकन तथा ब्रिफिङमा गृहमन्त्री लामिछानेले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन आग्रह गर्नुभयोा ।

उहाँले विदेशीका लागि अध्यायमन देशको मुहार भएको जनाउदै मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा नबन्ने जनाउनु भयो । उहाँले भन्नुभयो अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु।

उहाँले केही खराव मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेका जनाउदै खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्छ। जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती छन्। तर, प्रयास जारी राख्नुपर्छ।
अध्यागमन कार्यालयमा केही दिन अघि भएको घटनामा कसैलाई दोषारोपण नगर्ने भन्दै उहाँले भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु नदिन आग्रह गर्नुभयो । उहाँले दलीय आवद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्न निर्देशन दिनु भयो ।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिनुभयो। त्यस्तै, विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे जानकारी गराउनु भएको थियो।