६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीको भागबन्डा टुंगिने, कसको दाबी कहाँ ?



फाइल तस्बिर
अ+ अ-

काठमाडौं । सत्ता गठबन्धन दलहरुले प्रदेश सरकारको भागबन्डा आज टुंगो लगाउने भएका छन् । आज बस्ने गठबन्धनका शीर्ष नेताहरुको बैठकले भागबन्डा टुंग्याउने तयारी भएको हो । बैठक बस्ने समय भने निश्चित भइसकेको छैन ।

गठबन्धनका नेताहरुबीच प्रदेशका मुख्यमन्त्रीका विषयमा अनौपचारिक छलफल भइसकेको छ । यसअनुसार उनीहरुबीच लगभग अनौपचारिक सहमतिसमेत जुटिसकेको बताइएको छ । नेताहरुबीच भएको छलफलअनुसार एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिने छन् । यसैगरी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री पाउनले लगभग निश्चित छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच हिजो भएको अनौपचारिक छलफलमा प्रदेशको भागबन्डा आजसम्म टुंग्याउने सहमति भएको थियो । तीन नेताबीच कोशीमा पहिलो चरणमा एमाले, दोस्रो चरणमा माओवादी, मधेशमा जनता समाजवादी पार्टीको नेतृत्वको सरकार निरन्तरता र दुई वर्षपछि एमाले, वाग्मतीमा माओवादीकै निरन्तरता र त्यसपछि एमालेले लिने गरी सहमति भएको छ ।

गण्डकी र लुम्बिनीमा भने पहिले माओवादी, त्यसपछि एमालेको मुख्यमन्त्री हुने छन् । कर्णालीमा माओवादीको नेतृत्व परिवर्तन गरी एमाले र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने गरी गृहकार्य छ । तर एकीकृत समाजवादीका अध्यक्ष नेपालले मधेश वा वाग्मतीमा आफ्नो पार्टीलाई केही समय मुख्यमन्त्री दिनुपर्ने दाबी गरेका छन् ।