२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब खेल चलिरहँदा मैदानमा घुसेर कोहलीको खुट्टा छोए फ्यानले



अ+ अ-

काठमाडौँ । आइपिएल–२०२४ को छैटौं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।

एम चिन्नास्वामी रंगशालामा सोमबार भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । जवाफमा बैंगलोरले ४ बल बाँकी रहँदै ६ विकेटमा १७७ रनको लक्ष्य पुरा गरेको थियो ।

खेलका क्रममा एक युवा फ्यानले सुरक्षा घेरालाई चकित पारेर विराट कोहलीलाई भेट्न मैदानमा आएका थिए । रोयल च्यालेन्जर्स बैंगलोरले दोस्रो इनिङ्समा रन पछ्याउन सुरु गर्दा विराट कोहलीले स्ट्राइक गरिरहेका थिए ।

यसै क्रममा कोहलीलाई एक फ्यान पिचमा आएर उनको खुट्टा छोएपछि अँगालो हालेका थिए । तर, त्यही क्रममा सुरक्षाकर्मीले फ्यानतर्फ दौडेर उनलाई तुरुन्तै मैदानबाट बाहिर निकाले ।

यस्तो भएको पहिलो पटक भने होइन । यसअघि पनि फ्यानहरु मैदान छिरेर कोहलीलाई भेट्ने गरेका घटनाहरु छन् ।