२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसेल आईपीएलमा २०० छक्का हिर्काउने नवौं खेलाडी



अ+ अ-

एजेन्सी । आईपीएलमा पहिलो डबल हेडर शनिबार खेलिएको थियो । दिनको पहिलो खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको थियो । साँझ भएको रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गर्‍यो ।

कोलकाताका आन्द्रे रसेलले आईपीएलमा २०० छक्का पूरा गरेका छन् । उनी यस्तो गर्ने ९औं खेलाडी बनेका छन् । उनी समग्रमा ९औं र यो गर्ने तेस्रो क्यारेबियन खेलाडी बने । यसअघि वेस्ट इन्डिजका क्रिस गेल र केरोन पोलार्डले पनि २०० भन्दा बढी छक्का प्रहार गरिसकेका छन् ।

आईपीएलमा गेलले सर्वाधिक छक्का (३५७) प्रहार गरेका छन् । योसँगै भारतीयहरूबीच यो कीर्तिमान रोहित शर्माको नाममा छ, उनले २५७ छक्का प्रहार गरेका छन् । २०० भन्दा बढी छक्का प्रहार गर्ने खेलाडीमा भारतका ४ र वेस्ट इन्डिजका ३ खेलाडी छन् । त्यस्तै दक्षिण अफ्रिका र अस्ट्रेलियाका एक–एक खेलाडी छन् ।

एबी डिभिलियर्स – २५१ छक्का
महेन्द्र सिंह धोनी – २३९ छक्का
विराट कोहली – २३५ छक्का
केरोन पोलार्ड – २२३ छक्का
सुरेश रैना – २०३ छक्का