• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने ! ★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने ★   प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ? ★   सहरमा बास, गाउँकै खान्कीमा चाख ★   वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ: अध्यक्ष नेपाल ★   कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ: अर्थमन्त्री पुन ★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले

सत्ययुगमा नै सीताले अग्नि परीक्षा दिनुपर्ने नारीको जीवन, यो त कलियुग



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच पार्टी सञ्चालनको विषयमा विवाद छ । कहिले रेशमले रञ्जीताको कार्यशैलीको आलोचना गरिरहन्छन् त कहिले रञ्जीताले रेशमको ।

सत्ताका विषयमा रञ्जीता र रेशमको कुरा फरक परेको भन्नेहरु पनि कम छैनन् । जापानको थारु कल्याणकारी सभाको कायृक्रमलाई आइतबार मात्रै सम्बोधन गर्दे चौधरीले रञ्जीता मन्त्री हुँदा माओवादी, कांग्रेस र एमालेको मात्र काम गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

तर हिजो मात्र पार्टी अध्यक्ष रञ्जीताले आफ्नो जन्मदिनको सन्दर्भ पारेर सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेकी छन् । उनले आफूले जीवनमा गर्नुपरेको संघर्ष उल्लेख गर्दै बाध्यताले राजनीति गर्ने मोडमा पुगेको र अझै धेरै अगाडि पुग्ने लक्ष्य रहेको बताएकी छन् । त्यसमा उनले सत्यगुगमा नै सीताले अग्नि परीक्षा दिनुपर्ने नारीको जीवन यो त कलियुग हो यजमान भनेर आफू पटकपटक परीक्षा दिने अवस्थामा रहेको बताएका छन् ।

रञ्जीताले आफ्नो स्टाटसमा के भनेकी छन् त ?
असत्य माथि सत्यको बिजय भएको आजको दिन अर्थात् होलि पुर्णिमाको दिन जन्मेकी म !
जिबन को यो मोड सम्म आइपुग्दा धेरै को मन दुखेको होला। धेरै को चित्त बुझाउन सकिन होला जानेर कहिले कसैको मन दुखाएको छु जस्तो लागेको छैन।एउटी नारी आमा हुन्छिन दिदी , बहिनी हरेक नारी संग जोडिने नाता मा जोडिएकी हुन्छिन।सत्ययुगमा नै सीताले अग्नि परिछ्या दिनु पर्ने नारि को जिबन। यो त कलियुग हो यजमान ,,
बाध्यताले गर्न पुगेको राजनीति यो मोड सम्म पुगेको छ। अझै धेरै अगाडी पुग्नु छ। मलाई यहाँ सम्म पुग्न साथ् हात दिनु हुने सम्पूर्ण मा पनि धेरै धेरै धन्यबाद।
आज मेरो जन्म दिन मा मलाई विभिन्न मध्यम बाट सुभकामना दिनु हुने सम्पूर्ण मेरा अग्रज ब्यक्तित्तव , मेरा पार्टीका सम्पूर्ण साथिहरु लाइ धन्यबाद ,मलाई जन्म दिनु हुने मेरी आमा लाइ नमन ।
जय नागरिक ।