३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ महीनामा चिलिमे हाइड्रोले कमायो ३९ करोडभन्दा बढी नाफा



अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनासम्म चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले रू. ३९ करोड २४ लाख ४५ हजार खुद नाफा गरेको छ । 

गत वर्षको यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ३९ करोड ६६ लाख ३९ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा १ प्रतिशत कम भएको हो । 

कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ९.९८ प्रतिशत कम रू. ३ अर्ब ५५ करोड २ लाख ८६ हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १२.५० र प्रतिशेयर नेटवर्थ रू. १५६.५३ रहेको छ ।

यस वर्ष कम्पनीले रू. ६३ करोड ९९ लाख २१ हजार विद्युत विक्रीबाट आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको यसै अवधिसम्म रू. ६१ करोड ८६ लाख ६३ हजार रहेको थियो । यस वर्ष विद्युत विक्री आम्दानी गत वर्षभन्दा ३.४४ प्रतिशत बढी भएको हो । १० प्रतिशत बोनस शेयर पछि कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार कायम भएको छ ।