• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

केकेआरलाई जिताउने हर्षितमाथि दुई आरोप, म्याच रेफ्रीले लगाए भारी जरीवाना



एजेन्सी । सनराइजर्स हैदरावादविरुद्ध कोलकाता नाइट राइडर्सको अन्तिम ओभरका नायक हर्षित राणालाई आईपीएलको आचार संहिता उल्लंघन गरेको आरोप लागेपछि उनलाई म्याच शुल्कको ६० प्रतिशत जरीवाना गरिएको छ ।

मयंक अग्रवाल र हेनरिक क्लासेनको विकेट लिएपछि राणाले आक्रोशित हुँदै डगआउटको बाटो देखाएका थिए ।

युवा फास्ट बलरले शनिबार आईपीएल २०२४ को तेस्रो खेलमा केकेआरका लागि नायकको भूमिका खेले र एसआरएच विरुद्धको रोमाञ्चक खेलमा टोलीलाई ४ रनले जित दिलाए । तर, हर्षित राणाको व्यवहारको तुलनामा उनको प्रदर्शन फिक्का भयो ।

हर्षित राणाले मयंक अग्रवाललाई आउट गरेपछि फ्लाइङ किस दिए, जसको कमेन्ट्रीका क्रममा महान ब्याट्सम्यान सुनिल गावस्करले पनि आलोचना गरेका थिए । त्यसपछि उनले क्लासेनको विकेट लिएपछि निकै उत्साहजनक ढंगले सेलिब्रेट गरे ।

आईपीएलले एक विज्ञप्ति जारी गर्दै हर्षित राणाले आईपीएल आचार संहिताको धारा २.५ अन्तर्गत दुई लेभल १ उल्लङ्घन गरेको र यसका लागि उनलाई म्याच फीको क्रमशः १० र ५० प्रतिशत जरीवाना गरेको जनाएको छ । विज्ञप्तिमा फास्ट बलरले म्याच रेफ्रीले लगाएको आरोपलाई स्वीकार गरेको पनि उल्लेख गरिएको छ ।