२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

३९ करोडका मिचेल स्टार्कको कुनै काम भएन, ३२ लाखका खेलाडीले खेल जिताए



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर)ले आईपीएल २०२४ मा जितसँगै यात्रा सुरु गरेको छ । केकेआरले शनिबार सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गर्यो । हैदरावादका लागि हेनरिक क्लासेनले अर्धशतकीय पारी खेले पनि उनको इनिङ्सले टोलीलाई कुनै फाइदा भएन ।

हैदरावादलाई अन्तिम दुई ओभरमा ३९ रन चाहिएको थियो । १९ औं ओभरमा मिचेल स्टार्कले २६ रन खर्चेपछि पूरा खेल हैदरावादको पक्षमा गयो । त्यसपछि अन्तिम ओभरमा हर्षित राणाले खेलको पूरै उथलपुथल गर्दै दुई विकेट लिएर केकेआरलाई जित दिलाए । केकेआरको जितपछि मिचेल स्टार्कलाई २४.७५ (३९ करोड नेरु) करोडको लागि ट्रोल गरिएको छ ।

केकेआरले मिचेल स्टार्कलाई मिनी अक्सनमा २४.७५ करोडमा किनेको थियो । यस्तो अवस्थामा मिचेलले आईपीएलमा उत्कृष्ट कमब्याक गर्ने सबैको अपेक्षा थियो तर उनले पहिलो खेलमै सबैको अपेक्षालाई ध्वस्त पारे ।

मिचेलले सनराइजर्स हैदरावाद विरुद्धको आफ्नो कोटामा चार ओभरमा कुनै विकेट नलिई ५३ रन दिएपछि फ्यानहरूले स्टार्कलाई सामाजिक सञ्जालमा तिब्र रुपमा ट्रोल गर्न थाले ।

अर्कोतर्फ, केकेआरका फास्ट बलर हर्षित राणा केकेआरको जितका वास्तविक हिरो थिए, जसले अन्तिम ओभरमा खेल नै पल्टाए । हेनरिक क्लासेन र शाहबाज अहमदको अगाडि हर्षितले १३ रन बचाए र अन्तिम ओभरमा ८ रन मात्र दिए ।

हर्षितले अन्तिम ओभरमा दुई विकेट लिएर सनराइजर्स हैदरावादको हातबाट खेल खोसेका थिए । उनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३३ रन दिएर अधिकतम ३ विकेट लिए । हर्षितलाई केकेआरले २० लाख (३२ लाख नेरु)मा आफ्नो क्याम्पमा सामेल गरेको थियो । उनले मिचेलको अगाडि आफ्नो उत्कृष्ट प्रदर्शनले सबैलाई चकित बनाएका थिए ।