• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

३९ करोडका मिचेल स्टार्कको कुनै काम भएन, ३२ लाखका खेलाडीले खेल जिताए



एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर)ले आईपीएल २०२४ मा जितसँगै यात्रा सुरु गरेको छ । केकेआरले शनिबार सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गर्यो । हैदरावादका लागि हेनरिक क्लासेनले अर्धशतकीय पारी खेले पनि उनको इनिङ्सले टोलीलाई कुनै फाइदा भएन ।

हैदरावादलाई अन्तिम दुई ओभरमा ३९ रन चाहिएको थियो । १९ औं ओभरमा मिचेल स्टार्कले २६ रन खर्चेपछि पूरा खेल हैदरावादको पक्षमा गयो । त्यसपछि अन्तिम ओभरमा हर्षित राणाले खेलको पूरै उथलपुथल गर्दै दुई विकेट लिएर केकेआरलाई जित दिलाए । केकेआरको जितपछि मिचेल स्टार्कलाई २४.७५ (३९ करोड नेरु) करोडको लागि ट्रोल गरिएको छ ।

केकेआरले मिचेल स्टार्कलाई मिनी अक्सनमा २४.७५ करोडमा किनेको थियो । यस्तो अवस्थामा मिचेलले आईपीएलमा उत्कृष्ट कमब्याक गर्ने सबैको अपेक्षा थियो तर उनले पहिलो खेलमै सबैको अपेक्षालाई ध्वस्त पारे ।

मिचेलले सनराइजर्स हैदरावाद विरुद्धको आफ्नो कोटामा चार ओभरमा कुनै विकेट नलिई ५३ रन दिएपछि फ्यानहरूले स्टार्कलाई सामाजिक सञ्जालमा तिब्र रुपमा ट्रोल गर्न थाले ।

अर्कोतर्फ, केकेआरका फास्ट बलर हर्षित राणा केकेआरको जितका वास्तविक हिरो थिए, जसले अन्तिम ओभरमा खेल नै पल्टाए । हेनरिक क्लासेन र शाहबाज अहमदको अगाडि हर्षितले १३ रन बचाए र अन्तिम ओभरमा ८ रन मात्र दिए ।

हर्षितले अन्तिम ओभरमा दुई विकेट लिएर सनराइजर्स हैदरावादको हातबाट खेल खोसेका थिए । उनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३३ रन दिएर अधिकतम ३ विकेट लिए । हर्षितलाई केकेआरले २० लाख (३२ लाख नेरु)मा आफ्नो क्याम्पमा सामेल गरेको थियो । उनले मिचेलको अगाडि आफ्नो उत्कृष्ट प्रदर्शनले सबैलाई चकित बनाएका थिए ।