• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

फागुले रंगिएको वसन्तपुर- फोटो फिचर



काठमाडौँ । वसन्तपुरमा फागुको हर्षोल्लास छाएको छ । वसन्तपुरमा युवायुवतीले रौनक थपेका छन् भने नेपाल घुम्न आएका विदेशी नागरिक पनि फागुको खुसीमा सँगसँगै रमाएका छन् ।

आज हिमाली र पहाडी जिल्लाहरुमा फागु हर्षोल्लासपूर्वक मनाइन्छ भने भोली तराईका जिल्लाहरुमा फागु मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ ।

असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ  ।

तस्बिरहरु: प्रदीप राज वन्त