९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङका नगरहरुलाई कोरोनाको उच्च र मध्यम जोखिमका रुपमा छुट्याइयो



अ+ अ-

चीन । चीन सरकारका स्वास्थ्य अधिकारीहरुले यहाँको राजधानी शहर बेइजिङका कतिपय नगरहरुलाई उच्च तथा मध्यम खालको जोखिमयुक्त 
नगरहरुका रुपमा विभाजन गरिएको जनाएका छन् ।

सो कुराको जानकारी बेइजिङका अधिकारीहरुले मंगलबार पत्रकार सम्मेलन गरेर दिएका प्राप्त समाचारमा जनाइएको छ ।  

मंगलबार दिइएको सो जानकारीअनुसार बेइजिङको रोङ्घुई भन्ने नगरलाई यसअघि उच्च जोखिम भएको नगरका रुपमा राखिएकोमा मंगलबार त्यसलाई पनि न्यून जोखिमयुक्त नगरका रुपमा राखिएको छ । 

मानिसका ठूलो बस्ती रहेका यहाँका अरु नगरहरु भने यसअघि नै कम जोखिमयुक्त बस्ती तथा नगरका रुपमा लिइएको छ । 

यहाँका अधिकारीहरुले नागरिकको बस्ती तथा नगरको घनत्व पनि हेरेर त्यहाँ महामारीको के कस्तो अवस्था छ भन्ने बारेमा अनुसन्धान गरिरहेका छन् । 

यदि उच्च जोखिमयुक्त अवस्थामा ती बस्ती र नगर रहेको अवस्थामा भने सफा गर्ने, स्यानिटाइज गर्ने र नागरिकहरुलाई सतर्क रहन आग्रह गर्ने गरिएको छ ।