१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

स्थानीय तहको निर्वाचन कुन खिमलालले बुझेको संविधानको धारा ठिक ?

स्थानीय तहको निर्वाचन कुन खिमलालले बुझेको संविधानको धारा ठिक ?
अ अ+ अ-

काठमाडौँ । यतिबेला स्थानीय तहको निर्वाचन बैशाखमा कि असोज पछि भन्ने बहस भइरहेको छ । सत्ता गठबन्धनको छलफल पनि स्थानीय तहको निर्वाचनमा केन्द्रीत रहेको छ । नेपाली काँग्रेसले औपचारिक रुपमा यस बारेमा कुनै औपचारिक दृष्टिकोण सार्वजनिक गरिसकेको छैन तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर तिर मात्र निर्वाचन हुन सक्ने बताउँदै आउनु भएको छ ।

प्रमुख प्रतिपक्ष एमाले सहित अधिकांश कानून व्यवसायीहरुले निर्वाचन बैशाखमा नै गर्नुपर्ने बताउँदै आएका छन् । माओवादी केन्द्रका नेता एवं संविधानविद् खिमलाल देवकोटा स्थानीय तहको निर्वाचन संविधान अनुसार मंसीरमा हुनु पर्ने तर्क गर्नुहुन्छ भने  राष्ट्रियसभामा स्वतन्त्र सांसद डा. खिमलाल देवकोटा संविधान अनुसार बैशाखमा नै निर्वाचन हुनुपर्ने बताउनु हुन्छ ।

माओवादी केन्द्रका नेता खिमलाल देवकोटा सामाजिक सञ्जालमा लेख्नुहुन्छ – कानुन वमोजिम गर्ने ? कार्यकाल समाप्त हुनुभन्दा दुइ महीना अगावै फागुनमा गर्नपर्छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ संविधान वमोजिम गर्ने ? कार्यकाल समाप्त भएको छ महिना भित्र मंसिरमा संविधानको धारा २२५ कानुन वमोजिम हो भने फागुन हुनुपर्थ्यो, संविधान वमोजिम हो भने मंसिर हुनपर्थ्यो । यो वैशाख किन र कहाँबाट र के-का आधारमा आएको होला नबुझेर अलमल परेका वेला रास्ट्रपतिको लिखितै पत्र त्यो पनि बैशाखमै भनेर आयो रे भन्ने कुरा सुन्नमा आयो । त्यसो हो भने फेरि शीतल निवास चलखेल गर्ने धन्दामा लाग्यो ???

तर सत्ता गठबन्धनका अर्का नेता डा. खिमलाल देवकोटा भने गठवन्धनलाई उक्साएर निर्वाचन सार्न  संविधानको छिद्र खोजेर तेताहरु गलत बाटोमा गएको बताउनु हुन्छ ।

देवकोटा लेख्नुहुन्छ – सेटिङ्गको पर्खाल र डोरीलाई सिङ्गो नागरिक समाज लगायतको आन्दोलनले नभत्काएको र नचुडालेको भए दुई-दुई चोटीको प्रतिनिधि सभाको विघटन पुनस्थापना हुने थिएन । यो सरकार बन्ने थिएन ।  तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको छिद्र खोजेर प्रतिनिधि सभा विघटन गराउन उक्साएजस्तै अहिले केही व्यक्तिहरु स्थानीय तहको चुनाव सार्न र टार्न सकिन्छ भनेर उक्साउँदै छन् । हिजो ओलीलाई उक्साउनेहरु गलत थिए । अहिले गठवन्धनलाई उक्साउनेहरु पनि गलत छन् । नागरिक समाज लगायतको आन्दोलन लोकतन्त्र, विधि, पद्धति र संविधानवादका पक्षमा थियो । यसको विपरित जाने छूट कसैलाई पनि छैन ।