२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण

शरीरको चालका बारेमा थाहा पाउने कोसिसमा ‘बायोह्याकर्स’ ले हात सरजरी गरेर चिप घुसाइएपछि

शरीरको चालका बारेमा थाहा पाउने कोसिसमा ‘बायोह्याकर्स’ ले हात सरजरी गरेर चिप घुसाइएपछि
अ अ+ अ-

एजेन्सी । चिकित्सकीय चिरफार उपकरण लिएका भ्लादिस्लाब जेत्सेभ आफ्ना ग्राहकको बुढीऔंला र चोरऔँलाको बीचमा चिरेर छालाभित्र मसिनो ग्लास सिलिन्डर भित्र छिराउँछन् । यो वास्तवमा हुडी लगाएका २४ वर्षे कम्प्युटर प्रोग्रामर अलेक्सी राटकिनको हातमा चिप घुसाइएको हो ।

कार्ड स्वाइप नगरी यही चिपको सहयोगमा उनको कार्यालयको ढोका खुल्छ ।‘मलाई यस्तो चिप लगाउने धेरै पहिलेदेखि ठूलो इच्छा थियो,’ उनी भन्छन् । ‘मुख्य कारण यो निकै सुविधाजनक छ तर सँगै एक किसिमको नयाँ प्रयोग पनि हो । साँच्चिकै भन्नुपर्दा यस्तो विशिष्ट सामान अरु कसैसँग छैन ।’

राटकीन र जेत्सेभ ‘बायोह्याकिङ’ (शरीरमा चिप्स राखेर नयाँ खोज गर्ने तरिका) मा रुचि राख्ने धेरै रुसीमध्ये दुई जना प्रतिनिधि पात्र हुन् । यो एक विश्वव्यापी आन्दोलन पनि हो जसका अनुयायीले विगत दशकको शुरुदेखि नै अमेरिकाको सिलिकन उपत्यकाबाट प्रयोगात्मक प्रविधिको प्रयोग शुरूआत गरेका थिए । साथै उनीहरुले डीआइवाइमार्फत शरीरको चालका बारेमा थाहा पाउने कोसिस गरिरहेका छन् ।

केही व्यक्तिले भने जीवनशैलीको प्रवृत्तिका रुपमा आफ्नो छालाभित्र प्रविधियुक्त चिप्स लगाउने गरेका छन् । अरुका लागि – मुख्यतया धनी रूसीहरू – धेरै बाँच्ने लालशाका लागि यस्तो चिप लगाउने प्रवृत्ति छ । यस्ता चिप्सले शरीरको गहन स्वास्थ्य स्थिति अनुगमन गर्ने उनीहरुको विश्वास छ । यद्यपि रसियामा कतिजना बायोह्याकर छन् भन्ने स्पष्ट भइसकेको छैन, तर यसको प्रयोग बढ्दो छ । सामाजिक सञ्जाल मञ्च, सम्मेलन र व्यवसाय पनि यस्ता व्यक्तिका आवश्यकता पूरा गर्नेगरी आयोजना गर्न थालिएका छन् ।

हाँसको पुच्छरजस्तो कपाल बनाएका एक प्रोग्रामर जेत्सेभ आफैँले चिप्स लगाउन सिकेका थिए । उनले विगतमा मेडिकल शिक्षा लिए पनि बीचमै पढाइ छाडेका थिए ।यी २८ वर्षे युवा सन् २०१५ मा एकाएक चर्चामा आएका थिए । उनले मस्कोको मेट्रो पासबाट चिप निकालेर त्यसलाई रसायन र सिलिकनमा सफा गरेर हातमा प्रत्यारोपण गरेका थिए । बेलायती एक पेनी (सिक्का) जत्रो डिस्क अझै पनि उनको हातमा देख्न सकिन्छ तर हाल त्यसले काम गर्दैन । जेत्सेभले यसलाई बैंक कार्डको विवरण सुरक्षित राख्न प्रोग्राम गरेका थिए, र यो बैंक बन्द गर्नका लागि मात्र प्रयोग गरिन्थ्यो । उनको औंलाको टुप्पामा चुम्बक राखिएको छ, र यो मुख्यरूपमा पार्टीका लागि प्रयोग हुन्छ । उनको भनाइमा बायोह्याकिङ आन्दोलन मुख्यरुपमा विशेष कार्यमा प्रविधिको प्रयोग गर्नेतर्फ केन्द्रित छ ।

‘बायोह्याकिङमार्फत म वास्तविक प्रभाव सिर्जना गर्न चाहन्छु जसले ठोस नतिजा सिर्जना गरोस् ।’ सामाजिक सञ्जालमा ध्रुवीकृत समुदायको सम्पर्कका आधारमा विश्लेषण गर्दा लगभग एक हजार रूसीले चिप्स लगाएको उनको भनाइ छ । धेरैजसोले कार्यालयभित्र छिर्ने पासका लागि प्रयोग गर्छन् । कसैकसैले चुम्बक वा कम्पास राख्छन् । यस्ता मानिस उत्तरतिर घुम्दा शरीरमा कम्पन उत्पन्न हुन्छ । ‘मलाई मानव शरीरको क्षमता बढाउने यो विचार निकै मन पर्दछ ।’

विश्वमा आजभोलि शरीरमा प्रत्यारोपित माइक्रोचिप्स कार स्टार्ट गर्न, स्मार्टफोन, कम्प्युटर र प्रिन्टर खोल्न, शरीरको तापक्रमको निगरानी गर्न तथा चिकित्सा जानकारी भण्डार गर्न वा व्यापार कार्डका रूपमा प्रयोग भइरहेको छ । पेशेवर जादूगरले आफ्ना चाल बढाउन चिप्सको प्रयोग गर्न थालेका छन् । केही चिप्स मानवीय उपयोगका लागि प्रयोग गर्न स्वीकृति दिइएको छ, तर जेत्सेभले ताइवानमा निर्मित पशु चिकित्सामा प्रयोग हुने चिप्स आयात गरेका छन् । हुलाकमार्फत झिकाइएका यी प्रत्येक चिप्सको मूल्य करिब ५०० रुबल (८ अमेरिकी डलर) पर्दछ । केहीले सम्भावित निगरानी र ह्याकिङका बारेमा चिन्ता उठाएका छन् । रसियामा चिप्स लगाइएका व्यक्तिको संख्या सानै छ । स्मार्टफोनले जस्तो चिपले प्रयोगकर्ताको स्थान प्रसार गर्दैन ।

स्टुडियोमै शल्य चिकित्सा

आफ्नो स्टुडियोमा जेत्सेभले राटकिनलाई चिप्स लगाइदिन दुई हजार रुबल (३२ डलर) शुल्क लिए । यो चिप चामलको दानाभन्दा थोरै ठूलो मात्र छ । उनले अरु करिब ५० जनालाई यस्तै चिप्स लगाइ दिएका छन् । उनी भन्छन्, ‘विशिष्ट ग्राहक कम्प्युटर वा विज्ञान विषयमा रुचि राख्ने बढी छन् । चिप्स लगाउने अधिकांश व्यक्ति पुरुष छन् र उनीहरु ३५ वर्ष वा त्योभन्दा कम उमेरका छन् ।’ अन्य कतिपय बायोह्याकर्सलाई शरीरमा चिप्स लगाउने फुर्सद पनि छैन । छत्तीस वर्षीय उद्यमी स्टानिस्लाभ स्काकुनको विचारमा बायोह्याकिङले मानव जीवनको आयू बढाउँछ, र हजारौं वर्ष बाँच्न मद्दत गर्दछ । ‘मैले अहिलेसम्म त्यस्तो चिप फेला पार्न सकेको छैन जसले मानिसको आयू बढाउँछ ।’ यसको सट्टामा, उनी नियमितरूपमा निजी क्लिनिकमा जान्छन् जहाँ नर्सले परीक्षणका लागि उनीसँग झण्डै २० ट्युब रगत लिन्छन् । रक्तदान गरेपछि पुनःरगत बढाउन आफूले खाने पिउने गरेका सामानका बारेमा कुरा गर्न उनी अस्वीकार गर्दछन् । यद्यपी उनी पूरक खानामा आयोडिन, भिटामिन डी, म्याग्नेसियम र प्रिबायोटिकको सेवन गर्दछन् ।

मोलिकुलर कैंची

नीलो आँखा भएका स्काकुन ‘विगत पाँच वर्षमा मेरो जैविक उमेरमा परिवर्तन नआएको’ बताउँछन् । उनी मानिसको आयू लामो समयसम्म बढेको हेर्ने चाहना राख्छन् । ‘हामीले क्यान्सर, अल्जाइमर र हृदय रोगलाई जित्यौं भने हामीले मानिस मर्ने सबैजसो कारण समाप्त गर्नेछौँ ।’ हाल रेकर्डमा सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सका जिन कालमेन्ट १२२ वर्षसम्म बाँचेका थिए । केही बायोह्याकरले ‘आनुवांशिक थेरापी’मा सफलता हासिल गरेको बताएका छन् । मेडिकल अनुसन्धानका क्षेत्रमा यो अहिले सर्वाधिक चर्चामा छ । विवादास्पदरूपमा, अमेरिकी बायोह्याकर वैज्ञानिक जोसाह जेनरले सन् २०१७ मा नयाँ आनुवांशिक इडिटिङ टेक्नोलोजीको प्रयोग गरी आफ्नै डीएनए परिवर्तन गर्ने प्रयोगात्मक प्रयास गरेका थिए । अनौपचारिकरूपमा मोलिकुलर ‘कैंची’ ९सिजर्स० भनेर चिनिने यो साधनको प्रयोग आनुवांशिक परिस्थितिको उपचारमा प्रयोग हुने गरेको छ, जस्तै, सिकल सेल रोगको उपचार गर्न प्रयोग भइरहेको छ । आनुवांशिक इडिटिङलाई अधिक व्यापकरूपमा पहुँचयोग्य बनाउन यस प्रविधिले सघाएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले आनुवांशिक थेरापीको सुरक्षामाथि चासो व्यक्त गरेको छ । पेन्सिल्भेनिया विश्वविद्यालयका आनुवंशिक प्राध्यापक किरण मुसुनुरु आनुवांशिक थेरापीमाथि अहिल्यै विश्वास गरिहाल्न सकिने अवस्था नरहेको बताउँछिन् । ‘यसका दुस्परिणाममाथि विचार नगर्ने हो भने ठीकै हो तर जोखिमलाई विचार गर्ने हो भने अहिल्यै हतार गर्न हुन्न ।’

ऐच्छिक सोच

दीर्घायु जीवन अध्ययन गर्ने मस्को स्टेट युनिभर्सिटीका रूसी जीव वैज्ञानिक म्याक्सिम स्कालाचेभले बायोह्याकर्सले भनेझैं बुढेसकाललाई प्रोग्राम गर्न सकिएला तर यसले सैद्धान्तिकरूपमा अवरोध उत्पन्न गर्न सक्ने बताए । छयालीस वर्षीय स्कुलाचेभको विचारमा बायोह्याकर्सको समस्या नै ‘धेरै छिटो दौडिनु’ रहेको बताएका छन् । उनको टोलीले बुढेसकालको प्रक्रियामा हस्तक्षेप गर्नका लागि आनुवांशिक औषधि बनाउने प्रयास गरिरहेको छ ।

अपग्रेडको प्रयास

रूसमा बायोह्याकिङका सम्बन्धमा ‘ठूलै आन्दोलन’ भइरहेको छ, स्काकुन भन्छन्, जसले पहिले कर्पोरेट फाइनान्सका क्षेत्रमा काम गर्थे । दुई वर्ष अघि उनले बायोडाटा नामको एक स्टार्टअप कम्पनी खोले जसले ग्राहकको परीक्षणका लागि कार्याक्रम बनाउँछ र ती विवरणको भण्डारण गर्दछ । पूरै शरीर जाँचका लागि एक लाख ५० हजार रुबल ९दुई हजार ४३० अमेरिकी डलर० शुल्क लिने गर्दछ । उनको भनाइमा यी ग्राहकमा ‘मुख्यरुपले उच्च प्रबन्धक र व्यावसायिक क्षेत्रका मानिस’ रहेका छन् । बायोह्याकिङ प्रयोगशाला समेत रहेको मस्को जिमले पनि ठूलाबडाको स्वास्थ्य परीक्षणका लागि वार्षिक दुई लाख ५० हजार रुबल ९चार हजार ५० अमेरिकी डलर० शुल्क लिइरहेको छ । गत वर्ष खोलिएको यस जिमको नारा नै ‘अपग्रेड योरसेल्फ’ राखिएको संस्थापक आर्टोम भासिलेभले बताए ।