१७ श्रावण २०८३, आईतवार
,
Latest
ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न ‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुविसुले नेपालमै पहिलो पटक Wi-Fi 6 सहित ‘सुविसु सुरक्षा’ सेवा सुरु



अ+ अ-

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुविसु लिमिटेडले अत्याधुनिक Wi-Fi 6 प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ। कम्पनीले यससँगै “Secure Internet – सुविसु सुरक्षा” नामक इन्टरनेट सुरक्षा सेवा पनि पहिलो पटक मुख्य सुविधाका रूपमा समावेश गरेको जनाएको छ।

कम्पनीका अनुसार नेपालमा Wi-Fi 6 प्रविधि उपलब्ध भए पनि सुरक्षालाई प्राथमिकता दिँदै उच्चस्तरीय सुरक्षित इन्टरनेट अनुभव प्रदान गर्ने पहल पहिलो पटक गरिएको हो। नयाँ प्रविधिले उच्च गति, फराकिलो कभरेज र एकै समयमा धेरै डिभाइसहरू सहज रूपमा कनेक्ट गर्ने क्षमता प्रदान गर्ने बताइएको छ।

Wi-Fi 6 सेवाले लो-लेटेन्सी सुनिश्चित गर्दै प्रयोगकर्तालाई निरन्तर र सहज अनलाइन अनुभव दिन्छ भने डिभाइसहरूको ब्याट्री खपत घटाउन पनि सहयोग गर्ने कम्पनीको दाबी छ। यससँगै जोडिएको “SUBISU सुरक्षा” प्रणालीले हानिकारक वेबसाइट, साइबर जोखिम र अनधिकृत पहुँचबाट प्रयोगकर्तालाई जोगाउँदै सुरक्षित ब्राउजिङ वातावरण निर्माण गर्ने बताइएको छ।

कम्पनीका उपाध्यक्ष राम कृष्ण परियार ले डिजिटल युगमा केवल तीव्र इन्टरनेट मात्र पर्याप्त नभएको उल्लेख गर्दै सुरक्षित इन्टरनेट सेवा प्रदान गर्नु प्राथमिकता भएको बताए। उनका अनुसार गति, स्थिरता र सुरक्षालाई एकैसाथ समेट्दै नेपालमा इन्टरनेट सेवाको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखिएको छ।

सुविसुले ग्राहकको आवश्यकता अनुसार Smart WiFi 6, Pro WiFi 6 र Elite WiFi 6 गरी तीन फरक प्याकेजमा सेवा उपलब्ध गराएको जनाएको छ। कम्पनीले यस पहललाई नवप्रवर्तन, ग्राहक सुरक्षा र भविष्यमुखी डिजिटल सेवाप्रतिको प्रतिबद्धताको रूपमा प्रस्तुत गरेको छ।