३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा शनिबार देखिएको घाम र कुहिरोको लुकामारी (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । समय र परिस्थिति मिले मानिसहरु परिवारसहित घुम्न निस्कने प्रचलन नेपालमा पनि बढ्दो छ । पहिले पहिले मानिसहरु घुम्न सहरबजार जाने गर्दथे ।

त्यो प्रचलन अहिले भने फेरिएको छ । अहिले मानिसहरु प्रकृतिसँग रमाउन बढी रुचाउँछन् । त्यसैले बनजंगल, खोला, पाखापखेरा, तालतलाउ तथा पहाड चढ्न अहिले मानिसहरु बढी रुचाउँछन् । यस्तो चाख काठमाडौँबासीमा अझ बढी देखिन्छ ।

किनभने अरु दिन मेसिनले जस्तो काममा खटिनुपर्ने काठमाडौँबासी शनिबार भने नेपाल खाल्डोको उकुसमुकुसबाट बाहिर निस्कन चाहन्छ । काठमाडौँबासीको एक रमणीय तथा आकर्षक निकास हो– चन्द्रागिरि ।

शनिबार चन्द्रागिरिमा घाम र कुहिरोको यो लुकामारी र स्वच्छता देख्ने कसलाई पो त्यहाँ पुग्ने मन नहोला र ? प्रस्तुत छ शनिबार कैँद गरिएको चन्द्रागिरिको प्रकृतिको लुकामारी ।