२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

हाफ म्याराथनमा सन्तोषी र दीपक च्याम्पियन

हाफ म्याराथनमा सन्तोषी र दीपक च्याम्पियन
अ अ+ अ-

काठमाडौं । वागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभूवन आर्मी क्लवका दीपक अधिकारीले शनिवार राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न तेस्रो संस्करणको हाफ म्याराथनमा पुरुषतर्फ दीपक र महिलामा वागमतीकी सन्तोषी च्याम्पियन भएका हुन् । दीपक लगातार दोस्रो वर्ष च्याम्पियन भए । सन्तोषी भने पहिलो संस्करणकी च्याम्पियन हुन् ।

दशरथ रंगशालाबाट शुरु भएको हाफ म्याराथन भक्तपुरको राधेराधे पुगेर सोही रुटबाट फर्किएको हो । दीपकले यो निर्धारित दुरी पूरा गर्न एक घण्टा सात मिनेट ३३ सेकेण्ड समय लगाए । एपिएफका गोपिचन्द्र पार्की ९ सेकेण्डले मात्र पछि रहँदा दोस्रो स्थानमा खुम्चिए । पार्कीले एक घण्टा सात मिनेट ४२ सेकेण्ड समय लगाएका थिए ।

पर्वतका तीर्थ पुन तेस्रो स्थानमा रहे । उनले एक घण्टा सात मिनेट ४३ सेकेन्डमा दुरी पूरा गरे । आर्मीका नरेन्द्र रावलले चौथो भए । नरेन्द्रले एक घण्टा आठ मिनेट ५१ सकेण्ड समय लगाए । खडकबहादुर खड्का एक घण्टा आठ मिनेट ५६ सकेण्डमा दूरी पूरा गर्दै पाँचौं स्थानमा रहे । महिलामा च्याम्पियन सन्तोषीले एक घण्टा २० मिनेट १९ सेकेण्ड समय लगाइन् । नेपाल पुलिसकी राममाया बुढा दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् । राममायाले एक घण्टा २१ मिनेट ५६ सेकेन्ड र पुष्पाले एक घण्टा २३ मिनेट दुई सेकेण्ड समय लगाए । आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले चौथो र एपिएफकी फूलमति राना तेस्रो भए ।

पूर्णलक्ष्मीले एक घण्टा २३ मिनेट २० सेकेन्ड र  फूललमतीले एक घण्टा २५ मिनेट १७ सेकेण्ड समय लगाए । महिला र पुरुष दुवैमा हाफ म्याराथन विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौं स्थान प्राप्त गर्नेले ३० हजार रुपैयाँ पाए । १० किलोमिटर पुरुषतर्पm खुलामा आर्मीले वर्चस्व जमायो । आर्मीकी खेलाडीले पहिलोदेखि पाँचौं स्थानसम्म प्राप्त गरे । आर्मीका मुकेश पाल, सञ्जय श्रेष्ठ, गजेन्द्र राई, सुवाष कार्की र श्रीकाश राईले शिर्ष पाँच स्थान प्राप्त गरे ।

पाँच किलोमिटर खुला महिलामा आर्मीकी सृजना पाण्डेय, राजपुरा पछाई, निर्मला केसी, आशा रावत र सुमित्राकुमारी चौधरी पाँचौं स्थानमा रहे । स्कुल पाँच किलोमिटरमा विश्वराम कुँवर, बादल कार्की र विकेश घिमिरेले शिर्ष तीन स्थान प्राप्त गरे । स्कुलतर्फ नै तीन किलोमिटर महिलामा कल्पना बुढा पहिलो, अस्मिता भुजेल दोस्रो र अमिशा राई तेस्रो भए । ह्विलचियर तीन किलोमिटर पुरुषमा रामकाजी मिजार, रमेश खत्री र प्रेम विक क्रमशः पहिलोदेखि तेस्रो भए ।

यसै विधाको महिलामा ऐश्वर्यकुमारी कुमाल, यामी झाक्री मगर, रजनी राई, पेमा गुरुङ र वविता थापा पाँचौं स्थानमा रहिन् । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । —न्युज एजेन्सी नेपाल

तस्बिर: प्रदीपराज वन्त-नवीन पौडेल/ रासस