२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भाव र माधुर्यता झल्काउने फागु गीत



अ+ अ-

काठमाडौं । सामाजिक सद्भाव र माधुर्यता झल्काउने फागु पर्व फागुन शुल्क पूर्णिमाका दिन मनाइन्छ । फागु पूर्णिमा नजिकिँदै गर्दा फागु पर्वसँग सम्बन्धित गीतहरुले गाउँ शहर गुन्जायमान हुन थाल्छन् ।

मित्रता र प्रेमले भरिएको यो चाडले हरेक धर्म, सम्प्रदाय र हरेक वर्गका मनिसलाई भ्रातृत्वको सन्देश दिने गर्छ । यस दिन, सबै व्यक्तिहरू आफ्ना पुराना गुनासोलाई भुलेर एकअर्काप्रति सद्भाव देखाउँदै र अंगालो हाल्दै रंग अबिर खेल्ने गर्छन् ।

जुनसुकै उमेरका मानिसहरु पनि यो पर्वमा रमाउने गर्दन् । यसरी रंग र अबिर खेल्दा सँगसँगै फागु गीत गाउने गरिन्छ । फागु पूर्णिमा अर्थात् होलीका धेरै गीत नेपाली चलचित्रका विभिन्न कालखण्डमा तयार पारिएका छन् ।

अहिलेसम्म चर्चित यस्ता गीतहरुमा ‘होलीले मेरो रंगायो नयाँ चोली’, ‘होली हे’ लगायतका छन् । फागु पूर्णिमा नजिकिँदै गर्दा रेडियो, टेलिभिजनहरूमा पनि यिनै गीत गुन्जिन्छन्  । विगतका बर्षहरुका पनि यी गीतहरु रेडियोमा गुञ्जन थालेपछि फागु पर्व आएको आभाष हुने गर्दथ्यो ।

नेपाली संगीत क्षेत्रमा फागु पूर्णिमा अर्थात् होलीमा अन्तन्त लोकप्रिय र सदाबहार कर्णप्रीय गीत किरण खरेल, निर शाह, रामभरोस कापडीलगायतले लेख्नुभएको हो । यसैगरी संगीतरत्न तथा मेलोडी किङ शम्भुजीत बासकोटाले संगीतबद्ध गर्नुभएका हो ।

नेपाली चलचित्र उचाईमा पु-याउने बरिष्ठ निर्देशक प्रकाश थापा, राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, किरण केसी, राजाराम पौडेल, अशोक शर्मालगायत बरिष्ठ कलाकारहरुले अभिनय गर्नुभएको छ ।

यसैगरी नायिका कृष्टि मैनाली, सारङ्गा श्रेष्ठ, निरुता सिंहलगायतका कलाकारहरुले पनि फागु गीतमा अभिनय गर्नुभएको छ । गीतका उदितनारायण झा, ओमबिक्रम बिष्ट, प्रकाश श्रेष्ठ , उमेश पाण्डे , दिपानारायण झा, ज्ञानु राणा, लोचन भट्टराई, शुष्मा श्रेष्ठलगायतका सुप्रशिद्ध गायक गायीकाहरुले आवाज दिनु भएको छ ।

होलीका बेला बढी चर्चा हुने यी गीतहरु अहिले सामाजिक सञ्जालहरुमा पनि पोस्ट हुने क्रम बढेको छ । यी गीतले सामाजिक सद्भाव फैलाउन सहयोग पुगेको छ ।

https://www.facebook.com/100020290593689/videos/932671565078545