• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन ★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु

सामाजिक सद्भाव र माधुर्यता झल्काउने फागु गीत



काठमाडौं । सामाजिक सद्भाव र माधुर्यता झल्काउने फागु पर्व फागुन शुल्क पूर्णिमाका दिन मनाइन्छ । फागु पूर्णिमा नजिकिँदै गर्दा फागु पर्वसँग सम्बन्धित गीतहरुले गाउँ शहर गुन्जायमान हुन थाल्छन् ।

मित्रता र प्रेमले भरिएको यो चाडले हरेक धर्म, सम्प्रदाय र हरेक वर्गका मनिसलाई भ्रातृत्वको सन्देश दिने गर्छ । यस दिन, सबै व्यक्तिहरू आफ्ना पुराना गुनासोलाई भुलेर एकअर्काप्रति सद्भाव देखाउँदै र अंगालो हाल्दै रंग अबिर खेल्ने गर्छन् ।

जुनसुकै उमेरका मानिसहरु पनि यो पर्वमा रमाउने गर्दन् । यसरी रंग र अबिर खेल्दा सँगसँगै फागु गीत गाउने गरिन्छ । फागु पूर्णिमा अर्थात् होलीका धेरै गीत नेपाली चलचित्रका विभिन्न कालखण्डमा तयार पारिएका छन् ।

अहिलेसम्म चर्चित यस्ता गीतहरुमा ‘होलीले मेरो रंगायो नयाँ चोली’, ‘होली हे’ लगायतका छन् । फागु पूर्णिमा नजिकिँदै गर्दा रेडियो, टेलिभिजनहरूमा पनि यिनै गीत गुन्जिन्छन्  । विगतका बर्षहरुका पनि यी गीतहरु रेडियोमा गुञ्जन थालेपछि फागु पर्व आएको आभाष हुने गर्दथ्यो ।

नेपाली संगीत क्षेत्रमा फागु पूर्णिमा अर्थात् होलीमा अन्तन्त लोकप्रिय र सदाबहार कर्णप्रीय गीत किरण खरेल, निर शाह, रामभरोस कापडीलगायतले लेख्नुभएको हो । यसैगरी संगीतरत्न तथा मेलोडी किङ शम्भुजीत बासकोटाले संगीतबद्ध गर्नुभएका हो ।

नेपाली चलचित्र उचाईमा पु-याउने बरिष्ठ निर्देशक प्रकाश थापा, राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, किरण केसी, राजाराम पौडेल, अशोक शर्मालगायत बरिष्ठ कलाकारहरुले अभिनय गर्नुभएको छ ।

यसैगरी नायिका कृष्टि मैनाली, सारङ्गा श्रेष्ठ, निरुता सिंहलगायतका कलाकारहरुले पनि फागु गीतमा अभिनय गर्नुभएको छ । गीतका उदितनारायण झा, ओमबिक्रम बिष्ट, प्रकाश श्रेष्ठ , उमेश पाण्डे , दिपानारायण झा, ज्ञानु राणा, लोचन भट्टराई, शुष्मा श्रेष्ठलगायतका सुप्रशिद्ध गायक गायीकाहरुले आवाज दिनु भएको छ ।

होलीका बेला बढी चर्चा हुने यी गीतहरु अहिले सामाजिक सञ्जालहरुमा पनि पोस्ट हुने क्रम बढेको छ । यी गीतले सामाजिक सद्भाव फैलाउन सहयोग पुगेको छ ।