२० असार २०८३, शनिबार
,
Latest
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्यान्ड – म्यान्मार सीमामा बन्धक बनाइएका १३ नेपालीको उद्धार



द्वन्द्वग्रस्त मुलुक म्यान्मार (फाइल फोटो)
अ+ अ-

काठमाडौं । थाइल्याण्ड र म्यान्मारको सीमा नजिक म्यान्मारको म्याबड्डीमा मानव तस्करले बन्धक बनाएका १३ जना नेपालीलाई उद्धार गरी काठमाडौं ल्याइएको छ ।

लामो समयदेखि बन्धकको रुपमा रहेर अलपत्र परेका उनीहरुलाई थाई परराष्ट् मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र यांगुनस्थित नेपाली राजदूतावास समेतको समन्वयमा उद्धार गरिएको थाइल्यान्डस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उद्धार गरिएका १३ नेपाली नागरिकलाई आज शुक्रबार थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाइ थाई–म्यानमार सीमा पार गराइएको थियो ।

उनीहरुलाई आजै नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं ल्याइएको छ । मानव तस्करले उनीहरुलाई थाईल्यान्ड र म्यान्मारको सीमावर्ती क्षेत्रमा बन्धकको रुपमा राखेर अनलाइन जुवातासमा संलग्न गराउने तथा अन्य साईबर सम्बन्धित आपराधिक कार्यमा प्रयोग गरेको यसअघि समाचार सार्वजनिक भएको थियो । उनीहरुले आफूहरु ठूलो संकटमा परेको भन्दै उद्धारका लागि आग्रह गरिआएका थिए ।