• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   दिनेश कार्तिकले किन अरुको भन्दा फरक हेल्मेट लगाउँछन् ? ★   सरकारसँग काँग्रेसको माग: उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गरियोस् ★   संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह ★   आईपीएलमा तहल्का पिटेका यी ब्याट्सम्यानको भाग्य चम्कियो, टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोलीमा मौका ★   संसदमा कांग्रेसको नाराबाजी कायमै ★   कस्तो छ कोलकाताको प्लेअफ आँकडा ? ★   प्रधानमन्त्री नेतान्याहुको गिरफ्तारी आदेशको निन्दा गर्दै आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग ★   कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति ★   चितवनमा शल्यक्रियाबिना मुटुको प्वाल टालियो ★   म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि भुटानमा



नयाँदिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार भुटान पुग्नु भएको छ । भारतीय प्रधानमन्त्री मोदीलाई भुटानका समकक्षी छिरिङ तोब्गेले पारो अन्तराष्ट्रिय बिमानस्थलमा स्वागत गर्नुभएको छ ।

भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र उहाँका समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

दुई पक्षबीच आपसी हितका क्षेत्रहरूमा केही समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

भुटानको भ्रमणमा जानुअघि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भारत–भुटान साझेदारीलाई अझ सुदृढ पार्ने उद्देश्यले विभिन्न कार्यक्रममा सहभागी हुने सार्वजनिक गर्नुभएको छ ।

भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण प्रधानमन्त्री मोदीको बिहीबारका लागि तय भएको भ्रमण एक दिन ढिलो भएको हो ।
रासस/सिन्ह्वा