६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारमा दलित समुदायबाट पनि मन्त्री बन्छन्: ओली



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलित समुदायलाई पनि संघीय सरकारको मन्त्री बनाउने बताउनुभएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । दलित समुदायले कहिलेकहिले मन्त्री किन भएन भन्ने प्रश्न गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले एउटा ठाउँ मन्त्री परिषद्मा रहेकाले एक जना दलित समुदायका व्यक्ति मन्त्री हुने बताउनु भयो । उहाँले सबै जाति, समुदाय एकैचोटी मन्त्री हुन सम्भव नभएको पनि स्पष्ट पार्नुभयो । नेपालमा १२५ भन्दा बढी जातजाति भएकाले पनि सबैले एकैपटक मन्त्री बन्न अवसर आउन नसक्ने अध्यक्ष ओलीको भनाई थियो ।

उहाँले भन्नुभयो,‘कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ । यस पटक पनि मन्त्री हुन्छ । एउटा ठाउँ छ त्यहानिर । यस पटक पनि मन्त्री हुन्छ । म तपाईहरु भनिराख्छु । पहिलेपहिले पनि मन्त्री हुन्थे । तर सबै जाति, समूदायबाट, सबै सधैँ नपर्न पनि सक्छन् । किनभने हामी १२५ जातजातिहरु छौ । सबैका आ आफ्नो फिलिङ छन् । त्यसकारण त्यो समयमा एकैचोटी सम्बोधन गर्न सकिदैन । यसअघि पनि विभिन्न साथीहरु नेतृत्व गरिसक्नु भएको छ ।’

अध्यक्ष ओलीले सामाजिक न्यायको पक्षमा आफ्नो पार्टीले सदैव संघर्ष गर्दै आएको दावी पनि गर्नुभयो ।