६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहनविक्रम सिंह पतन भए: ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह पतन भएको टिप्पणी गर्नुभएको छ ।

काँग्रेस सरकारबाट हटेपछि श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन नसकिने भएपछि पुराना कम्युनिष्ट नेता सिंह अहिले छाती पिटेर रोईरहेको ओलीको भनाई थियो ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले श्रीमती पौडेलले पद नपाउने देखेपछि रोइ कराई गर्न लागेका सिंह के का लागि जीवनभर कम्युनिष्ट भएका रहेछन् भन्ने कुरा पनि पर्दाफास भएको दाबी गर्नुभयो । उहाँले सिंह निराश र हतोत्साही भएपछि के टिप्न पाईन्छ भनेर काँग्रेसको पछि लागेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुख्य कुरा हाम्रो काम । सक्रियता र सफलता । सफल बनायौं भने सबै चिज आउँछ । सफल बनाउन सकेनौ भने र, असफल हुँदै गयो भने मान्छे फ्रष्टेडेड हुन्छ । एक जना आफूलाई कम्युनिष्ट भन्ने पुराना नेता छन् । तपाईहरुले पनि चिन्नुहुन्छ होला । मोहन विक्रम सिंह नाम हो उहाँको । अहिले काँग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटिपिटी रोएर उधुम छ बुढाको । काँग्रेस बाहिर रह्यो सरकारबाट । काँग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रिय सभामा मनोनित गरेर पठाउथ्योहोला सम्झिन्छन् । फेरी ग्वाग्वा रुन्छन् । छाती पिट्छन् । त्यसरी पतन हुँदो रहेछ मान्छे । कम्युनिष्ट भनेर जिन्दगी भर ढाँटयोढाँटयो । बुढेसकालमा गएर के का लागि मरिमेटेको रहेछ भन्ने कुरा पर्दाफास भयो । यस्तो हुँदो रहेछ निराश भएपछि, हतोत्साही भएपछि । अब केही पनि भविष्य छैन भनेपछि मान्छे कहाँबाट के टिप्न पाईन्छ, त्यत्ति भएपनि टिपौं भन्नेमा पुग्छ । नेकपा एमाले त्यस्तो यताबाट यत्ति टिपौं भन्ने अवसरवादी होइन । ’

अध्यक्ष ओलीले सिंहको उदाहरण दिँदै पार्टी काममा सफलता हासिल नगरे निराश हुनेतर्फ पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।