१७ भाद्र २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा श्रीमतीको हत्या पछि श्रीमानले पनि गरे आत्महत्या



अ+ अ-

विराटनगर । मोरङमा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् ।

बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुको मंगलबार राति १ बजे हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।

घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको उनले बताए । श्रीमतीको हत्या गरेपछि श्रीमान् बहादुरले पनि घाँटीमा धारिलो हतियारले रेटेको उनले बताए ।

उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा श्रीमान् बम बहादुरको पनि मृत्यु भएको छ । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गर्दै आएको छ ।