७ पुष २०८२, सोमबार
,
Latest
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँः नेपाली सेना नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी र मधेसमा बिहानैदेखि पानी पर्न थाल्यो



अ+ अ-

काठमाडौं । आज देशभरको मौसम बदली भएको छ । कोशी र मधेस प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी पर्न थालेको छ ।

देशभर नै पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा भएको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ । ।

आज दिनभर नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा सामान्यत: बदली रहने छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने छ ।