१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व छलीमा सौगात इन्टरनेसनलविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा सौगात इन्टरनेसनलका तीनजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । उक्त फर्मले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि बिजकमार्फत वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी मू.अ.कर र आयकरसमेत चुहावट गरेकोले आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जनाएको छ।

विभागले सौगात इन्टरनेसनलका प्रोप्राइटर दीपककुमार देउजा र खाता सञ्चालक मोहनप्रसाद भट्टराईविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन बमोजिम कुल आठ करोड २१ लाख ७२ हजार ६४१ बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवाना गर्न र कैद सजाय हुन माग गरेको छ ।

त्यसैगरी विभागले सो फर्मका लेखापरीक्षक सुनिलमान शाक्यका हकमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन बमोजिम मतियार हुने सजाय हुन मागदावी गरी अभियोग पत्र दायर गरेको छ ।