२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक सुरु



अ+ अ-

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौदा समितिको बैठक सुरु भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा राजनीतिक प्रतिवदेन, विधान प्रतिवेदन, समाजवादी कार्यक्रम र साङ्गठनिक प्रतिवदेनमाथि छलफल हुने सो पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । यही चैत ९ गतेसम्म चल्ने बैठकमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तरराष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिने छ ।

पार्टी अध्यक्ष नेपाललाई राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले तयार पारेको सङ्गठनात्मक प्रस्तावमाथि छलफल गरी निर्माणाधीन दस्तावेजलाई पूर्णता दिइने छ ।

ती चारवटा प्रतिवेदनको छलफलपछि मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी रणनीतिक योजना बनाई सबै पक्षलाई समेटेर तयार गरिने दस्तावेजलाई महाधिवेशनमा लैजाने जनाइएको छ । आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा पार्टीको महाधिवेशन गर्न लागिएको छ ।




भर्खरै