२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

विदेश भ्रमणमा स्थानीय तह र परिवारको सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन: मन्त्री महतो

विदेश भ्रमणमा स्थानीय तह र परिवारको सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन: मन्त्री महतो
अ अ+ अ-

काठमडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले विदेश भ्रमण प्रवेशाज्ञामा ४० वर्ष मुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिनेबारे सरकारले कुनै निर्णय नगरेको प्रष्ट पार्नुभएको छ । 

मन्त्रालयद्वारा यहाँ हिजो (बिहीबार) आयोजित अन्तरक्रियामा मन्त्री महतोले भन्नुभयो, “भ्रमण भिषामा ४० वर्ष मुनिका महिलालाई सहमति चाहिनेबारे सरकारले कुनै निर्णय गरेको छैन, बाहिर मिडियामा आएको समाचारमा कुनै सत्यता छैन, व्यक्तिले चलाएको छलफललाई मात्र बाहिर ल्याउने काम भएको हो, सरकारलाई बदनाम गर्ने काम गरिएको छ ।” मन्त्री महतोले त्यसबारेमा सरकारले कुनै निर्णय नगरेको भन्दै सरकारलाई अनावश्यक बदनाम नगर्न आग्रह गर्नुभयो ।     

अध्यागमन विभागले थालेको भ्रमण भिषामा ४० वर्षमुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिने कार्यविधि संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । प्रस्तावमा रहेको भ्रमण भिषामा जाने महिलालाई पारिवारिक तथा स्थानीय निकायको अनुमति चाहिने प्रावधानको विरोध गर्दै विभागमा आज प्रदर्शन गरिएको छ । 

विभागले भने सबै मुलुकमा जाने महिलाका लागि नभएर केही निश्चित मुलुकका लागि मात्र संशोधन गर्नुपरेको बताउँदै आएको छ । सबै मुलुकमा नभइ खाडी मुलुक र अफ्रिकन देशमा ४० वर्षमुनिका महिला बढी जाने, उनीहरू भ्रमणको नाममा गएर उतै काम खोजेर बस्ने भएकाले जोखिम कम गर्नमा संशोधन गर्नुपरेको विभागको भनाइ छ ।