६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विकासमा मद्दत गर्न नेपाल आएँ– आइसिसी अध्यक्ष बार्कले



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा मद्दत पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताउनुभएको छ ।

सोमवार भारतको नयाँ दिल्लीबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको थियो । उहाँलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गर्नुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पत्रकारसँगको कुराकानीका क्रममा नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने भ्रमणको उद्देश्य रहेको बताउनु भयो । तीन दिने भ्रमणका क्रममा उहाँले नेपाली क्रिकेटको संरचनाबारे पनि निरीक्षण गर्ने जानकारी दिनुभयो । उनले कीर्तिपुरस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानको अवलोकन गर्नुहुनेछ ।

नेपाल उत्कृष्ट एसोसिएट राष्ट्रमध्ये एक रहेको उल्लेख गर्दै उनले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको धारणा राख्नुभयो । नेपालमा क्रिकेट लोकप्रिय रहेको र अभैm क्रिकेटकै साथमा रहन उहाँले समर्थकलाई आग्रह गर्नुभयो ।

यससँगै प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल हुनेछ । लामो समय न्युजिल्याण्ड क्रिकेट बोर्डको नेतृत्व गर्नुभएका बार्कले सन् २०२० मा आइसिसीको अध्यक्ष बन्नुभएको थियो ।