२० आश्विन २०८१, आईतवार
,
Latest
बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर) पुन: पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री



फाईल फोटो
अ+ अ-

पोखरा । एकीकृत समाजवादी त्याग्दै स्वतन्त्र सांसदको हैसियतमा आएका राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन् ।

केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए । यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी महेन्द्रध्वज जिसीलाई दिइएको छ ।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेपछि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसद बन्नका लागि आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए ।

नवनियुक्त मन्त्रीले दिउँसो साढे ३ बजे सपथ लिँदैछन् ।