२७ श्रावण २०८३, बुधबार
,
Latest
एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो ‘प्रोबोनो’ कानूनी सेवालाई प्रवद्र्धन गर्न कानून व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न भुमिका खेल्छु: सभापति शेर्पा



अ+ अ-

काठमाडौँ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनम गेल्जेन शेर्पाले पदभार ग्रहण गर्नुभएको छ ।

सोमवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो । आजै उहाँ समितिमा निर्विरोध निर्वाचित हुनुभएको थियो । समितिको सभापतिमा एउटा मात्रै मनोनयन दर्ता भएसँगै समितिको सोमवारको बैठकबाट उहाँ निर्वाचित हुनुभएको हो ।

साथै आज नै सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको थियो । सभापति शेर्पाले सरोकार समितिलाई अधिकार क्षेत्र पनि किटान गरेर दिइएको र नेपालको संविधानको परिधिभित्र रहेर काम गर्ने बताउनु भयो । उहाँले प्रतिपक्ष भन्दा पनि सरकारलाई सहजीकरण हुने गरेर सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न आफ्नो भुमिका हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई अधिकार क्षेत्र पनि किटान गरेर दिइएको छ । नेपालको संविधानको परिधिभित्र रहेर हामी काम गर्छौं । हामी प्रतिपक्ष भन्दा पनि सरकारलाई सहजीकरण गरेर सरकारलाई राम्रो काम गर्ने वातावरण बनाउँछौँ । नतिजामुखी भएर काम गर्दछौँ ।’

उहाँले नतिजामुखी भएर समितिको काम गर्ने बताउनु भयो ।