१४ श्रावण २०८३, बिहीबार
,
Latest
देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्शनमा पानी झैँ पैसा खन्याइएका यी खेलाडीहरु, आईपीएलमा भने देखिनेछैनन्



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुन केही दिनमात्रै बाँकी छ । पहिलो खेल २२ मार्चमा हुनेछ । यस लिगमा विश्वभरका खेलाडीहरू खेल्न आउँछन् तर केही चर्चित खेलाडी भने प्रतियोगिता सुरु हुनुअघि नै छाडिएका छन् ।

जसमध्ये कोही घाइते भए, कसैले व्यक्तिगत कारणले आईपीएलको आगामी सिजनमा भाग लिने छैनन् । केही महिना अघि भएको लिलामीमा करोडौंमा बिक्रि भएका तर आइपिएल २०२४ मा हराएका खेलाडीहरुको बारेमा यहाँ जानौँ ।

१. गस एट्किन्सन – १ करोड


यसपटक कोलकाता नाइट राइडर्सले इंग्ल्याण्डका युवा फास्ट बलर गस एट्किन्सनसँग बाजी खेलेको थियो । केकेआरले उनलाई १ करोड भारुको बोलीमा समावेश गरेको थियो तर उनले निकै व्यस्त कार्यक्रम र शरीरलाई आराम दिएको भन्दै आईपीएलबाट आफ्नो नाम फिर्ता लिएका छन् । अब उनको स्थानमा श्रीलंकाका बलर दुष्मन्थ चमेराले खेल्नेछन् ।

२. ह्यारी ब्रुक – ४ करोड


इङ्ल्यान्डका ओपनिङ ब्याट्सम्यान ह्यारी ब्रुकले आक्रामक क्रिकेटरको रुपमा आफ्नो नाम बनाइसकेका छन् भने दिल्ली क्यापिटल्सले लिलामीमा उनको लागि ४ करोड भारु बोली लगाएको थियो । फेब्रुअरीमा हजुरआमाको निधनका कारण ब्रुकले आईपीएल २०२४ बाट आफ्नो नाम फिर्ता लिएको बताइएको छ ।

३. दिलशान मधुशंका ४.६० करोड


दिलशान मधुशंका श्रीलंकाका युवा बायाँ हाते फास्ट बलर हुन् । सेतो बल क्रिकेटमा उनले निकै राम्रो प्रदर्शन गरेका छन्, जसको लागि मुम्बई इन्डियन्सले लिलामीमा उनलाई ४.६० करोड भारु बोलाएको थियो । दुर्भाग्यवश, उनलाई सिजन सुरु हुनु अघि नै ह्यामस्ट्रिङमा चोट लागेको थियो। बंगलादेशविरुद्धको शृंखलामा उनलाई यो चोट लागेको थियो । मुम्बई इन्डियन्सको तर्फबाट जारी वक्तव्यमा मधुशंकाको चोट निकै गम्भीर रहेको उल्लेख गरिएको छ ।

४. रोबिन मिन्ज


झारखण्डका युवा विकेटकिपर ब्याट्सम्यान हुन् र उनलाई गुजरात टाइटन्सले लिलामीमा ३.६० करोड भारुमा किनेको थियो । यो दुर्भाग्यपूर्ण छ कि सिजन सुरु हुनु केही हप्ता अघि, उनी सुपर बाइक चढ्ने क्रममा दुर्घटनामा परे । जसका कारण रोबिनले कम्तिमा यो वर्ष आईपीएलमा डेब्यु गर्न सक्ने छैनन् ।

यी बाहेक, धेरै खेलाडीहरू छन् जसलाई आईपीएल २०२४ अघि उनीहरूको टोलीले राखेको थियो, तर विभिन्न कारणहरूले गर्दा, तिनीहरूले आगामी सिजनबाट आफ्नो नाम फिर्ता लिएका छन् । मोहम्मद शामी गुजरात टाइटन्सको टोलीमा देखिने छैनन् भने एलएसजीले फास्ट बलर मार्क वुडको साथ पाउने छैन । चोटका कारण प्रसिद्ध कृष्णले लगातार दोस्रो सिजन आईपीएलमा राजस्थान रोयल्सबाट खेल्न पाउने छैनन् । केकेआरको कुरा गर्ने हो भने २ विदेशी खेलाडीले जेसन रोय र गुस एट्किन्सनले नाम फिर्ता लिएका छन् ।

दिल्ली क्यापिटल्सका फास्ट बलर लुंगी एनगिडी ढाडको तल्लो भागको समस्याबाट ग्रसित भएकाले सिजन बाहिर हुने भएका छन् ।