६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति बनेर अहिलेको भन्दा फरक ढंगले पार्टी चलाउँछु : शशांक कोइराला



अ+ अ-

रामेछाप । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले अहिलेको परिबेशमा कांग्रेस पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक भएको बताएका छन् ।

रामेछापमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वमहामन्त्री कोइरालाले पार्टी सन्चालनको शैली समयानुकुल बनाउन पर्ने धारणा राखेका हुन । उनले १५ औ महाधिवेशनबाट पार्टीको नेतृत्व लिन माग गरेपछि फरक ढङ्गले पार्टी सन्चालन गर्ने योजनासहित आफूले नेतृत्व गर्ने बताए । ‘तपाइहरुको आग्रह जायज छ, सोहीअनुसार म नेतृत्वका लागि अघि बढ्छु । सभापति बनेर अहिलेभन्दा भिन्न ढङ्गले पार्टी चलाउने मेरो योजना छ ।’ उनले भने ।

यसअघि सहिद गङ्गालाल फाउण्डेसनले रामेछापमै गरेको कार्यक्रममा नेता कोइरालाले चिकित्सा र राजनीतिर पेशाबीच ठूलो भिन्नता रहेको बताए । चिकित्सकले आफ्नो पेशामा आफ्नै हात र दिमागको उपयोग गर्न पाउने तर एउटा राजनीतिकर्मीले सम्पूर्ण रुपले आफ्नै राजनीतिलाई डोहोर्याउन नसक्ने अवस्था रहेको उनको भनाई छ ।

फाउण्डेसनको आयोजनामा सुरु बृहत् स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै कोइरालाले अन्य पेशाकर्मीको तुलनामा चिकित्सकले बढी विवेक पुर्याउनुपर्ने उल्लेख गरेका हुन । बिरामीको शल्यक्रिया गर्नुपुर्व पैसा जम्मा गर्नैपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उनले उपचार गर्नुपहिले नै पैसा माग्ने चिकित्सकको व्यवहार सुधार्नुपर्नेमा जोड दिए । ‘डाक्टर भनेको पूर्णरुपमा विवेकशील बन्नुपर्छ, उपचार गर्नुपुर्व नै पैसा खोज्ने डाक्टरको के काम ?“ उनको प्रश्न थियो ।

फाउण्डेसनको आयोजना सम्पन्न शिविरमा जिल्लाका ४ सय भन्दा बढी नागरिक लाभान्वित भएको संस्थाले जनाएको छ ।