२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सभापति बनेर अहिलेको भन्दा फरक ढंगले पार्टी चलाउँछु : शशांक कोइराला

सभापति बनेर अहिलेको भन्दा फरक ढंगले पार्टी चलाउँछु : शशांक कोइराला
अ अ+ अ-

रामेछाप । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले अहिलेको परिबेशमा कांग्रेस पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक भएको बताएका छन् ।

रामेछापमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वमहामन्त्री कोइरालाले पार्टी सन्चालनको शैली समयानुकुल बनाउन पर्ने धारणा राखेका हुन । उनले १५ औ महाधिवेशनबाट पार्टीको नेतृत्व लिन माग गरेपछि फरक ढङ्गले पार्टी सन्चालन गर्ने योजनासहित आफूले नेतृत्व गर्ने बताए । ‘तपाइहरुको आग्रह जायज छ, सोहीअनुसार म नेतृत्वका लागि अघि बढ्छु । सभापति बनेर अहिलेभन्दा भिन्न ढङ्गले पार्टी चलाउने मेरो योजना छ ।’ उनले भने ।

यसअघि सहिद गङ्गालाल फाउण्डेसनले रामेछापमै गरेको कार्यक्रममा नेता कोइरालाले चिकित्सा र राजनीतिर पेशाबीच ठूलो भिन्नता रहेको बताए । चिकित्सकले आफ्नो पेशामा आफ्नै हात र दिमागको उपयोग गर्न पाउने तर एउटा राजनीतिकर्मीले सम्पूर्ण रुपले आफ्नै राजनीतिलाई डोहोर्याउन नसक्ने अवस्था रहेको उनको भनाई छ ।

फाउण्डेसनको आयोजनामा सुरु बृहत् स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै कोइरालाले अन्य पेशाकर्मीको तुलनामा चिकित्सकले बढी विवेक पुर्याउनुपर्ने उल्लेख गरेका हुन । बिरामीको शल्यक्रिया गर्नुपुर्व पैसा जम्मा गर्नैपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उनले उपचार गर्नुपहिले नै पैसा माग्ने चिकित्सकको व्यवहार सुधार्नुपर्नेमा जोड दिए । ‘डाक्टर भनेको पूर्णरुपमा विवेकशील बन्नुपर्छ, उपचार गर्नुपुर्व नै पैसा खोज्ने डाक्टरको के काम ?“ उनको प्रश्न थियो ।

फाउण्डेसनको आयोजना सम्पन्न शिविरमा जिल्लाका ४ सय भन्दा बढी नागरिक लाभान्वित भएको संस्थाले जनाएको छ ।