२८ मंसिर २०८२, आईतवार
,
Latest
स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिट प्रकरण: राप्रपा सहायक महामन्त्री बलायरसहित तीन नेता निलम्बन



अ+ अ-

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीन जनालाई निलम्बन गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अनुशासन समितिको सिफारिसका आधारमा तीन नेतालाई चार वर्षका लागि निलम्बन गरेका हुन् ।

निलम्बनमा पर्नेहरूमा सहायक महामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् ।

गत फागुन २७ गते राप्रपा कार्यसम्पादन समितिको वैठकपछि खाना खान निस्कने क्रममा पूर्वएआईजी समेत रहेका श्रेष्ठमाथि आक्रमण भएको थियो ।